विरामी आग्रीलाई उपचारका लागी यूकेवाट सेरचन परिवारको सहयोग

लक्ष्मण रसाईली

पुस १९ जाजरकोट
यहाँको ढिमे गाविस वडा नं ४ का अम्वर आग्रीको उपचारका लागी म्याग्दी घर भई हाल लन्डनमा वस्दै आएका ख्याम सेरचन र गिता सेरचनले २० हजार रुपैया सहयोग गनुभएको छ ।
भेरीखवर अनलाईमा उपचारका लागी अर्थ अभाव भन्ने समाचार प्रकासित भएपछि सेरचन दम्पतीले यो रकम उपचारका लागी सहयोग गरेका हुँन् । यूकेवाट भेरीखवर अनलाईनका सम्पादक हेमन्त के सी लाई आइएमई गरेपछि सो रकम अम्वरका वावु जनेलाई लाई जिल्ला प्रशाषण कार्यालय जाजरकोटमा एक कार्यक्रमका वीच प्रमूख जिल्ला अधिकारी जर्नादन गौतमको हात वाट उपल्वध गराईएको छ ।
सो रकमले छोराको उपचार गर्न प्रजिअ गौतमले जनेलाई आग्रह गनुभयो । पछेल्लो समयमा परोपकारी पत्रकारिता जाजरकोटमा देखिएको भन्दै गौतमले पत्रकारिताको प्रशंसा समेत गर्नुभयो । यो भन्दा अगाडी नि सेरचर दम्पतीले रोकायगाउँकी रत्ती गिरीको उपचारका लागी रु २० हजार नै सहयोग गरेका थिए ।










