स्थानीय विकास अधिकारी लामो समय जिल्ला वाहिर भए पछि विकास निर्माणले गति लिएन

जाजरकोट ,मंसिर, २१ । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लामो समय वाहिर रहे पछि जाजरकोटमा कार्यालय परिसरमा घामा ताप्नेको सख्या वढेको छ । पछिल्लो समय जिल्ला विकास समितिले आफ्नो कार्य सक्रियतामा अल्छि पन देखाए पछि आगामी आव मा यस वर्षको न्युनतम शर्त माफन गर्दा केहि अंक घट्न सक्कने देखिाएको छ ।
परिषदले टुगाएका केहि योजनाको वजेट समेत आइ सकेको अवस्थामा उपभोक्ता समिति गठन गरि काम अगाडि वढ्नु पर्ने वेलामा समेत कार्यालयले सक्रियता नदिदा जिविसका कामहरु थपिदै गएको एक कर्मचारीको भनाइ छ ।
मसिर देखि माघ सम्म कार्यालयका काहरुको तिर्व गतिमा टिम वनाएर अगाडि वढाउने हो भने फागुणमा परिषद सक्काउने र नया योजना अनुशार कामलाई सक्काउन सहयोग पुग्ने हुन्छ यो वेला घाम तापियो भने पछि कामको चाप हुन्छ एक कर्मचाले भन्नु भयो ।
यता कार्यालयले अवको केहि दिनमा नै स्थानिय विकास अधिकारी आउने र काम स्प्रिटमा वढ्ने जनाइएको छ ।
अव लगत्तै गाँउ परिषद नगर परिषद जिल्ला परिषद समेत आउने भएकोले अन्य कामहरुको शुरुवात भै सक्कनु पर्ने भएकोले कतिपय समय पुर्नर संरचनाले लिएकोले अव चाडै योजनागत रुपमा काम अगाडी वढने जनाइएको छ ।









