कहिले रोकिएला वालश्रम

heman

                                                                                                                                                                              
नेपालगंजमा म कलेज पढ्दा देखिनै मैले होटलमा साना साना नानि वावुहरु जुठा भाडा माझेदो देख्दै आएको छु । अहिले दशकौ वितिसक्दा पनि वालवालिकाको अवस्था जहा थियो त्यहि रहेको मैले पाएको छु । हेर्दा कलिला वालवालिकाले होटल,ग्यारेज तथा उद्योगहरुमा काम गरीरहेका छन ।

यसमा मैले दोसि गरिवि देखेको छु । ति वालवालिकाका अभिभवाक सम्पन्न हुदा हुन त यसरी काम गर्नुपर्ने अवस्था वालवालिकामा आउने थिएन । त्यसैले प्रमुख समस्या गरिवि हो भने दोसा्रे चेतनाको स्तर एकदमै न्युन छ । विद्यालय पठाए पैसा आउदैन काम गर्न पठाए पैसा आउछ भन्ने अभिभावहरु पनि धेरै भेटेको छु ।

आफु शिक्षालाई कर्मथलो वनाई दैनिक विद्यार्थिहरुलाई शिक्षा दिदै रमाईरहदा विद्यालय वाहिर रहेका वालवालिका देख्दा असाध्यै मन दुख्ने गर्छ । त्यसैले पनि आज दैनिक नेपालगंजको नियमित मेरो लेखनीमा वालश्रमको विषय पर्न गयो । सर्वप्रथम त बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार भन्नाले कानुनी, परम्परागत वा नैतिकरूपमा प्राप्त न्यायोचित दाबी वा हक हो । एउटा महत्वपूर्ण अधिकार जुन राज्यले बालबालिकालाई दिएको छ, त्यसैलाई नै बालअधिकार भनिन्छ ।

जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार अनुकुल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो देशमा बालकहरूको दयनीय अवस्था छ । कोही टुहुरा छन् र केहीको बस्नका लागि घर छैन । उनीहरू सडकमा यताउति भौंतारिन्छन् ।

सडकमा जे खाने कुरा पायो त्यहीं खान्छन् । उनीहरू शिक्षाको अवसरबाट बञ्चित भएका छन् र श्रम गर्न बाध्य छन् । कलिलो उमेरमा श्रम गर्ने बालबालिकाको अवस्था निकै नाजुक छ । सरोकारवाला निकायले पहल थालेको बताएपनि वालश्रमिकको उद्धार तथा पुनःस्थापना हुन सकेको अवस्था छैन ।

कुनै पनि रोजगारयुक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दख्खल दिन सक्छ, स्कुल जानबाट रोक्छ वा मानसिक, सामाजिक र शारीरिक रुपमा असर गर्नेलाई नै बालश्रम भनिन्छ । विकासोन्मुख राष्ट्रहरुमा भने गरिबी र विद्यालयीय वातावरणका कारण बालश्रमको समस्या अझंै छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रुपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, असजग र गरिब परिवारका पाइन्छन् । ग्रामीण र शहरी दुबै भेगमा श्रम गर्ने बालबालिकाको संख्या वृद्धि हुँदै गएको छ । शहरी क्षेत्रमा बालबालिकाहरू विभिन्न उद्योगहरू, होटल तथा रेष्टुरेन्ट, फोहोर वस्तु संकलन र घरायसी कामहरूमा लागेका पाइन्छन् । वास्तवमा बालबालिकाहरू प्रिन्टिङ्ग प्रेस, सडक व्यापार, भरिया, रिक्सा चलाउने आदि सबै क्षेत्रहरूमा धेरथोर रुपमा श्रम गरिरहेका छन् । बालबालिकाको विकासका लागि प्रत्यक्ष रुपमा काम गर्ने गैरसरकारी संस्थाहरू ठूलो संख्यामा बढिरहेतापनि दुर्भाग्य के छ भने मीठा शब्द र कठिन कर्मका कारण वालश्रम रोकिन सकेको छैन । विभिन्न गोष्ठी, सभा र सेमिनारमा बालश्रम निवारणका कुराहरू गरिन्छन् तर सुधार भने भएको

देखिँदैन अनि देशको दुर्भाग्य रहिरहन्छ र बाल कामदारहरुले आफ्नो जीवन र भविष्यको ठूलो अनिश्चितता बीच डर र कहालीलाग्दो जीवन बाँच्नु परिरहेको छ । उनीहरू निरक्षरता, शिक्षाको कमी र गरिबीका कारण जताततै ठगिन्छन् र शोषित भई जीवन कठिनपूर्ण तरिकाले जिइरहेका छन् । दक्षिण एशियाको अन्य देशमा जस्तै नेपालमा पनि ग्रामीण समुदाय सामाजिक अन्याय, आर्थिक शोषण, पिछडिएको र अभावमा गुज्रिरहेको छ ।





error: Content is protected !!