खोप स्टोरको साँचो वोकेर हिडेपछि दर्जनौ वच्चाले खोप पाएन्न

हेमन्त के सी
जाजरकोट, मंङ्सिर, २१ । नियमित खोप लगाउँनका लागी जिल्ला स्वास्थ्य कार्यालय पुगेको दर्जनौ वालवालिकाहरु खोप लगाउन वाट वन्चित भएका हुँन् ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरटेन्डेन्ट रामपुकार शाहले खोप राखेको साँचो लिएर नेपालगन्ज तालिममा गएपछि दर्जनौ वच्चाहरु खोप पाउँन वाट वन्चित भएका हुँन् । प्रत्येक महिनाको २१ गते जिल्ला भरीका स्वास्थ्य संस्थामा नियमित विभिन्न खोपहरु लगाउने गरिन्छ । टाढा,टाढावाट जिल्ला स्वास्थ्य कार्यालयमा खोप लगाउनका लागी वच्चाहरु ल्याएर आएपनि खोप नहुँदा खोप नलगाई फर्काएको छ । खोप लगाउने स्वास्थ्य कर्मी भएपनि खोप नहुँदा मंगलवार लगाउन नपाएका हुँन् । रिसाङ्गवाट ३ घण्टा हिडेर तीन महिनाको वच्चा ल्याएर आएकी धनकुमार सिंहले खोप नलगाएर जाँदै निकै तनाव भएको वताउनुभयो ।
जिल्ला स्वास्थ्यमा तीन दर्जन भन्दा वढी वच्चाहरु ल्याएपनि खोप नहुँदा फिर्ता पठाएको छ । विसीजी ,डिपिटी पिसिभी,आईपिभी,पिसिभी,जापानिज ईन्सेफलाईटिस , दादुरा रुवेला लगाएका खोप जन्मने वितिकै देखी १५ महिना सम्मा वालवालिकालाई लगाउँने गरिन्छ । क्षयरोग,भ्यागुत्ते रोग ,लहरेखोकी,पोलियो निमोनिय,दाददुरा लगाएत दर्जनौ रोगका विरुद्धमा ७ प्रकारका खोप लगाईन्छ । घरको काम छोडी साना वच्चाहरु लिएर आएका आफन्तहरु स्वास्थ्य कार्यालयमा खोप नपाँउदा आक्रोषित भएका छन् । खोप जस्तो कुरामा किन लापरवाई भएको हो भनी सोध्दा डाक्टर चाँदनी जैसवालले विर्सेर नेपालगन्ज साँचो लिएको र उहाँ आएपछि मात्र खोप दिईने वताउनुभयो ।









