जयललिताको निधनपछि चियावाला बने तमिलनाडुका मुख्यमन्त्री

काठमाडौँ, २१ मंसिर – तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएपछि पनिरसेल्वमले मुख्य मन्त्रीको सपथ ग्रहण गरेका छन्।

indiaउनी जयललिताको निकट सहयोगी मानिन्छन्। राजनीतिका क्रममा जयललिता जेल पर्दा राज्यको कमाण्ड पनिरसेल्वमले नै सम्हाल्दै आएका थिए। पार्टीमा निकै इमान्दार मानिने उनले पहिला चिया बेच्ने गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै उनले पनि चिया बेच्ने गर्थे भने उनका बुबा सक्रिय नेता थिए। अहिले पनि पनीरसेल्वमका भाई पेरियाकुलम चिया बेच्ने गर्छन्। उनको पेशा खेतीपाती हो। पनीरसेल्वमले चिया बेच्दै स्नातक उत्तिर्ण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनका बुबा अन्नाद्रमुक संस्थापक स्वर्गीय नेता एमजी रामचन्द्रसँग काम गरेका नेता हुन्। रामचन्द्रले पनिरसेल्वम धेरै मेहनती भएको अन्नाद्रमुकलाई बताउने गर्थे। पनीरसेल्वमले जयललिता बस्ने कुर्सीमा नबसी सपथ ग्रहण गरेका छन्। उनी थेवर समुदायका हुन्। यो समुदायको तमिलनाडुमा राम्रो प्रभाव छ।





error: Content is protected !!