कांग्रेस भित्रैबाट देउवालाई प्रधानमन्त्री बनाउने पहल, दुई युवा नेता गोप्य छलफलमा

काठमाडौं २१ मंसिर ।  संविधान संसोधनको प्रस्तावमाले राजनीति पेचिलो बनिरहेका बेला नेपाली कांग्रेस भित्रैबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पहल सुरु भएको छ ।

nepali-congress-officeनेपाली कांग्रेसका दुई युवा नेताले गोप्य रुपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हटाएर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने पहल थालेका हुन् । कांग्रेसका नेता एनपी साउद र चन्द्र भण्डारीले देउवाको नेतृत्वमा सरकार बनाउन छलफल थालेको स्रोतले जानकारी दिएको छ । दुवैजना देउवा निकटका हुन । साउद देउवामा विश्वासीला पात्र मानिन्छन् ।

तीनदिनअघि साउद र भण्डारीले नयाँ सरकार गठनका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओली निवास बालकोटमा भएको छलफलमा देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने र स्थानिय चुनावको घोषणा गरेर चुनावमा जाने बारेमा छलफल भएको छ ।

त्यसमा एमाले अध्यक्ष ओलीले सकारात्मक सन्देश दिएका छन् । ‘प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहितलाई सँगै लिएर जान समस्या हुने देखियो ’ स्रोतले भन्यो ‘तत्काल नै सरकार ढालि हाल्ने भन्ने होइन तर छलफल सुरु भएको् पक्का हो । ’ ओलीको सन्देश पनि साउद र भण्डारीले देउवालाई सुनाइ सकेका छन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ९ महिनासम्म आलोपालो सरकार चलाउने सहमति भएको छ । त्यही सहमतिको जगमा ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।





error: Content is protected !!