माओवादी केन्द्र नयाँ रणनीति बनाउँदै

काठमाडौं १९ मंसिर । माओवादी केन्द्रले संविधान संसोधन प्रस्तावलाई अघि बढाउने विषयमा रणनीति तय गर्ने भएको छ । मधेसी मोर्चाले सकारात्मक प्रतिक्रिया जनाएपछि माओवादी केन्द्रले त्यसै अनुसारको रणनीति तय गर्नेछ ।

 perisस्थानिय चुनावको घोषणा र संसोधन प्रस्तावलाई एकै साथ अघि बढाउउने विषयमा छलफल हुने माओवादी नेताहरुले जनाएका छन् ।

बिहान बस्ने केन्द्रीय कार्यालयको बैठकले मधेसी मोर्चाको माग र प्रतिपक्षको विरोधकाबीचमा पार्टीले तय गर्ने रणनीतिमा छलफल हुने अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठक बिहान ९ बजेपछि बोलाइएको छ ।

आजै दिउँसो पोलिटब्युरो बैठक पनि बोलाइएको छ । हिजोदेखि सुरु भएको बैठकमा पनि पार्टीको रणनीतिका विषयमा छलफल भइरहेको छ ।





error: Content is protected !!