मुर्ति मन्दिरबाट चोरिएकै थिएनन वा चोरले ल्याएर राखिदिएको हो ?

gi3ysnzकर्णालीकै प्रसिद्ध चन्दनाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन् । घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मुर्ति चोरिएको उल्लेख छ । सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मुर्ति हराएको देखाएको छ ।

तर घटनाको ७ दिनपछि शनिबार सिआइबीले छानबिन गरी तयार पारेको मुचुल्कामा २१ वटा मुर्ति हराएको उल्लेख छ । यसै आधारमा पहिले हराएका भनिएका मध्ये सातवटा भेटिएका हुन् ।

मुर्ति चोरी घटना विषयमा प्रहरीका दुई निकायले तयार पारेको मुचुल्कामा फरक फरक विवरण उल्लेख भएपछि स्थानीय आश्चार्यमा परेका छन् ।

स्थानीयको प्रश्न छ–ती सातवटा मुर्ति मन्दिरबाट चोरिएकै थिएनन वा चोरले मन्दिरमै ल्याएर राखिदिएको हो ? यसको उत्तर मिल्न सकेको छैन् । अनुसन्धान जारी रहेको सिआइबीले जानकारी दिएको छ । -नागरिक दैनिकबाट





error: Content is protected !!