डा. गोविन्द केसीले आज आइतबार अनशन तोड्ने

काठमाडौँ । डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ । केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको थियो ।

dr-govinda-kc1केसीले सहमतिलाई मन्त्रिपरिषद् बैठकले पास गर्नुपर्ने, दुई साताभित्र न्यायिक परिषद् गठन गर्नुपर्नेलगायत विषयमा अडान राखेका छन् । उनले त्रिविका उपकुलपति डा। तीर्थ खनियाँको राजीनामाको अडानलाई पनि छाडेका छैनन् ।

शनिबार दिउँसो नै केसीलाई सहमत गराई हस्ताक्षर गराउने भनिए पनि नसकिएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । तर, मोटामोटी रूपमा १२ बुँदामा सहमति भइसकेकाले आइतबारसम्म केसीले अनशन तोड्ने उनले विश्वास व्यक्त गरे । केसीका सहयोगी जीवन क्षेत्रीले पनि दुई पक्षले तयार पारेको मस्यौदामा माटामोटी सहमति भइसकेकाले आइतबार अनशन तोड्न सक्ने बताए ।

केसीले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने तयारी गरेका छन् । डा। केसीकै मागअनुसार आइओएमको नयाँ डिनको रूपमा डा। जगदीश अग्रवाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शनिबारदेखि लागू हुने गरी अग्रवाललाई डिन नियुक्त गरेको हो ।

डा। केपी सिंहले शुक्रबार डिनबाट राजीनामा दिएपछि अग्रवाललाई शनिबार नियुक्त गरिएको हो । अग्रवाल त्रिवि शिक्षण अस्पतालका नसारोग विशेषज्ञ हुन् । बरियताक्रममा अग्रवालभन्दा सिंह एक स्थान तल हुन् । बरियताक्रम मिचिएको भन्दै केसीले २१ दिनदेखि अनशन बस्दै आएका छन् ।

सिंह गत कात्तिक २८ गते आइओएमका डिन नियुक्त भएका थिए । त्यसको दुई घन्टाभित्रै डा। केसी अनशनमा बसेका थिए । डिन नियुक्त भएको २० दिनपछि सिंह राजीनामा दिन बाध्य भएका थिए ।





error: Content is protected !!