हेर्नुहोस् फुटबलको सबैभन्दा प्रतिक्षित खेलको ३० रोमाञ्चक तस्बिर
काठमाडौ : क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको भएको खेल बराबरीमा सकिएको छ । रामोसले लुका मोड्रिकको लामो फ्रिकिकमा ९० मिनेटमा बराबरी गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु भएको खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेइमारले गोल पोस्टभन्दा अगाडिबाट हानेको ‘स्पट किक’ मा हेडिङमार्फत गोल गर्दे उरुग्वेका अर्का स्ट्राइकर लुइस सुआरेजले बार्सिलोनालाई आफ्नो घरमा पहिलो गोलको अग्रता दिलाएका थिए ।
उनले ५३ मिनेटमा बार्सिलोनाले देब्रे गोल पोस्टमा पाएको फ्रिकिकको अवसरलाई गोलमा परिणत गरे। नेइमारको उत्कृष्ट फ्रिकिकमा सुआरेजले गोल गरेपछि पहिलो हाफको खेल सकिएको सात मिनेटमा बार्सिलोनाले ९८ हजार घरेलु समर्थकमाझ पहिलो गोलको अग्रता लिएको थिए ।
तर, निर्धारित समयको अन्तिम मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै रियल म्याड्रिडका स्टार डिफेन्डर सार्गियो रामोसले गोल फर्काए । उनले डिबक्सबाट गरेको हेडिङ गोलका कारण खेल १–१ को बराबरीमा सकिएको हो ।
हेर्नुहोस् तस्बिरहरु :-