भौतिक पुर्वधारको कामलाई नतिजा मुखी वनाउन प्रअ,अध्यक्षको संयूक्त प्रशिक्षण

हेमन्त के सी
मंङ्सिर, १८, जाजरकोट । यहाँ वितरण गरिएका भौतिक पुर्वधारको कामलाई नमुना र नतिजा मुखी वनाउनका लागी प्रअ र विद्यालयका अध्यक्षलाई प्रशिक्षण दिएको छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷७४ सालमा वितरण गरिएका भौर्तिक पुर्वधारको कामलाई नतिजा मुखी वनाउँन यस्तो प्रशिक्षण दिएको वताएको छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमलाई प्रभावकारी वनाउँन ५८ वटा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष गरी १ सय १६ जनालाई दुई दिने प्रशिक्षण दिईएको हो । कार्यालयले यसपटक २ कोठ भवन ५० विद्यालयलाई,४ कोठे भवन ४ विद्यालयलाई र ४ वटा विद्यालयमा शौचालय निर्मानको कार्यक्रम वितरण गरेको छ । यो वितरण गरेका भौतिक संरचनालाई नमुना र नतिजा मुखी वनाउँनका लागी दुई दिन सम्मा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सदरमुकाम खलंगामा प्रशिक्षण दिईएको हो । भौतिक संरचना निर्माण गर्नका लागी आवश्यक पर्ने सिप दक्षता ,लगनशिलता र हाम्रो विद्यालय ,हाम्रा छोराछोरीका लागी दिगो हुँने गरी निर्मान गरौ भन्ने लगाएतका विषयमा प्रशिक्षण दिईएको छ ।
मापदण्ड विपरित निर्माण कार्य नहोस भनी र वितरण गरिएका विद्यालय वाट नमुना विद्यालय निर्माणका लागी सहभागीलाई प्रतिवद्ध वनाउँन प्रशिक्षण दिईएको हो । यो भन्दा अगाडी भौतिक पुर्वधार वितरण गरिए पनि यस्तो खालको प्रशिक्षण दिईएको थिएन । प्रशिक्षण प्रमूख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह,ईन्जिनियर जगतकुमार आरसी ,औभरसियरहरु , शाखा अधिकृत मानवहादुर गिरी लगाएतले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा सहभागीले चैत्र मसान्त भित्र आफुले पाएको भौतिक संरचनाको सुविधा निर्मान गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला शिक्षा कार्यालयको प्रत्येक विद्यालय २८ जोर फर्निचर निर्माण अभियानलाई सफल पार्नका लागी प्रतिवद्धता समेत जनाएका छन् ।
भौर्तिक सुविधा वितरण अघि ३ रोपनी जग्गा भएको विद्यालयमा मात्र भवन व्लक वितरण गरिने मापदण्ड वनाएको जिल्ला शिक्षा कार्यालयले सोही अनुसार वितरण गरेको छ । व्लक वितरण गर्दा कति समय पछि को विद्यालयले पाउँछन् भन्ने आधार समेत तय गरेको समेत वताएको छ । भौतिक पुर्वधार पाएका विद्यालयका प्रअ र अध्यक्षलाई यसरी प्रशिक्षण दिनेमा जाजरकोटको जिल्ला शिक्षा कार्यालय अगाडी पाईएको छ ।





error: Content is protected !!