जाजरकोटमा क्षेत्रिय जुनियर शिविर सम्पन्न


६ बुदे घोषणपत्र जारी गदै मध्यपश्चिमाञ्चल स्तरीय क्षेत्रिय जुनियर शिविर जाजरकोटको काफल्चौरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत रहेको विद्यालय स्तरीय जुनियर रेडक्रस सर्कलको शिविर शनिवार सम्पन्न भएको हो ।विजय माध्यामिक विद्यालय काफलचौरमा दुई दिन सम्म भएको शिविरमा मध्यपश्चिमका जाजरकोट, दैलेख, सुर्खेत, बाँके, दाङ्ग, प्युठान, सल्यान र रुकुम जिल्लाका जुनियर रेडक्रसका विद्यार्थी र शिक्षक नायकहरुको सहभागीता रहेको थियो । मानवीय सेवामा अझ सर्मपित हुन सरकारी निकायसँग आवश्यक पहल गर्न रेडक्रस केन्द्रलाई अनुरोध गर्ने, जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर प्रत्येक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गर्ने, जुनियर गतिविधी बढाउने, विद्यालय स्तरीय विविध अतिरिक्त क्रियाकलाप संचालनमा अझै बृद्धि गर्ने, बालबालिकाको क्षमता विकासका लागी विभिन्न तालिम गोष्ठीको आयोजना गर्ने, जुनियर रेडक्रसकर्मीहरु मानवीय सेवामा अझ प्रभावकारी रुपमा संलग्न हुने लगायतका निर्णय गदै ६ बुदे जाजरकोट घोषणा पत्र जारी गरिएको विजय मावि काफलचौरका शिक्षक नायक कमलबहादुर चन्दले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी केन्द्रिय जुनियर तथा युवा समितिका सभापति सपुत बहादुर कार्कीले शिविरले रेडक्रस गतिविधीबारे बुझ्न र रेडक्रसलाई मानवीय सेवामा समर्पित संस्थाको रुपमा स्थापित गराई राख्न महत्वपुर्ण भुमिका खेलेको बताए । विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय तह देखि नै सामाजिक सेवा भाव जगाउन रेडक्रसले यस्ता शिविरको आयोजना बार्षिक रुपमा गर्ने गरेका सभापति कार्कीले बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जुनियर रेडक्रसको क्षेत्रिय गोष्ठी जाजरकोटमा गरिएकोमा खुसी ब्यक्त गदै यस्ता कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमता विकास र मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने बताए । त्यस्तै नेपाल रेडक्रस सोसाईटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले कार्यक्रमको आयोजना गर्ने विजय माविलाई धन्यवाद दिदै बालबालिकाको क्षमता विकास र एकअर्काका अनुभव साटासाट गर्न कार्यक्रमले सघाउ पुर्याएको बताए ।
कार्यक्रममा हामी सवैको काम एचआईभी एड्स रोकथाम भन्ने शिर्षकमा बक्ततृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा त्रिभुवन उच्च मावि खलंगा जाजरकोटका सुचित्रसागर श्रेष्ठ प्रथम, महेन्द्र मावि दैलेखका पुजा शर्मा द्धितिय, सुर्खेतकी तारा सिह तृतिय र दाङ्गकी चन्द्र के.सी सान्तोना भएकी थिईन ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, शिक्षक नायकहरु र सहभागी विद्यार्थीहरुलाई आयोजक विद्यालयले मायाको चिनो प्रदान गरेको थियो । शिविरमा रेडक्रस अभियानका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न नृत्य, गीत, गजल लगायतका सिर्जना प्रस्तुत गरेका थिए ।



