रोल्पा मासुमा आत्मनिर्भर
१८ मंसिर, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ । कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए ।
उत्पादित मासुमध्ये जिल्लामा खपत भई बढी भएको छिमेकी जिल्ला प्युठान, दाङ र राजधानीसम्म जाने गरेको बताइएको छ । खसी तथा राँगाको सुकुटी विदेशमा समेत पठाइने गरेको भए पनि कति परिमाणमा विदेश पठाइन्छ सोको आधिकारिक तथ्याङ्क कार्यालयमा नभएको सिंहले जानकारी दिए ।
हालसम्म जिल्लामा ६१ कुखुरापालन फार्म तथा विभिन्न स्थानमा २९ मासु पसल सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय रोल्पा तथ्याङ्कले देखाएको छ । यसैबीच उत्तरी रोल्पामा व्यावसायिक रुपमा भेंडापालन गरिँदै आएकामा पछिल्ला दिनमा त्यो सङ्ख्या भने घट्दै गएको बताइएको छ । रासस