चीनको कोइलाखानीमा विस्फोट, २१ जनाको मृत्यु

१८ मंसिर, हारविन । चीनमा कोइलाखानीमा विस्फोट हुँदा शुक्रबार राती २१ जनाको मृत्यु भएको छ । चीनको हेइलोङजिआङ क्षेत्रमा बिहीबार भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको चिनियाँ सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।
साँझ ९ बजेको समयमा क्विताइहे सहरमा एक निजी कोइला खानीमा विष्फोट भएपछि उक्त ठाँउमा २२ जना खानीभित्र थुनिएका थिए ।
मृतकका शव तथा केही जिवित कामदारलाई खानी बाहिर ल्याउने प्रयासस्वरुप उद्धारकार्य जारी राखिएको चिनियाँ अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा



