अमेरिकी नीति विपरित ट्रम्पद्वारा ताइवानका राष्ट्रपतिसँग टेलिफोन वार्ता

१८ मंसिर, एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी नीति विपरित ताइवानका राष्ट्रपति साई इंग वेनसँग टेलिफोन वार्ता गरेका छन । ट्रम्पले ताइवानका राष्ट्रपति वेनलाई टेलिफोन गरेर आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी गरेका हुन ।
सन १९७९ मा औपचारिक सम्बन्ध टुटेपछि ताइवानसँग कुरा गर्ने ट्रम्प पहिलो अमेरिकी राष्टपति हुन । चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा हेर्ने गरेको छ भने ताइवानले आफू स्वतन्त्र राष्ट्र रहेको बताउँदै आएको छ ।
ट्रम्पको कार्यले चीन र अमेरिकाबिचको सम्बन्धमा समस्या आउनसक्ने अनुमान गरिएको छ । तर चीनले यसवारेमा कुनै प्रतिक्रिया दिएको छैन । साई इंग–वेन गएको जनवरीमा ताइवानको राष्ट्रपति निर्वाचित भएकी हुन ।



