‘प्रचण्डलाई बौलाहा कुकुरले टोकेको’ भनेपछि संसदमा हंगामा

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई बहुला कुकुरले टोकेको भनेपछि संसद बैठकमा केहीबेर हंगामा भएको छ ।

1563236701ca-buildingसंसोधन प्रस्तावको बिरोधमा धारणा राख्ने क्रममा मैनालीले भने, “यो आवश्यकतै नभएको बिषयमा किन संसोधन प्रस्ताव ल्याइयो, हाम्रो प्रधानमन्त्रीलाई कतै बहुला कुकुरले त टोकेन ।

cp-mainali-final

उनले वाक्य टुंग्याउन नपाउँदै काँग्रेस सांसद रामहरी खतिवडाले नियमापत्ति भन्दै मैनालीले प्रधानमन्त्रीलाई संसदीय मर्यादा भन्दा बाहिर गएर असभ्य भाष प्रयोग भएको भन्दै सच्याउन माग गरे ।”

ramhari-khatiwada-at-samsad

त्यसपछि जवाफ दिने क्रममा मैनालीले भने, मैले कसैलाई इंगित गर्न खोजेको होइन, बहुला कुकुरले मलाई टोक्यो भने म पनि बहुलाउँछु’ भने ।

तर फेरि सांसद खतिवडाले नियमापत्ति गरेपछि सभामुख ओनसरी घर्तीले बहुला कुकुर भन्ने शब्द रेकर्डबाट हटाउन आदेश दिन्छु भनेपछि मैनालीले आफ्नो मन्तब्य अघि बढाएका थिए ।

यसैबीच एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि आजको संसद बैठक पनि अवरुद्ध भएको छ । संसदको अर्को बैठक आइतबार दिउसो १ बजे सम्मका लागि स्थगित भएको घोषणा सभामुख ओनसरी घर्तीले गरेकी छिन् ।





error: Content is protected !!