तलव कटाएर दलित अपाङ्ग मोहनीलाललाई सहयोग ,परिवारका सवै अपांङ्ग

हेमन्त के सी 

जाजरकोट, मंङ्सिर ,१८ । यहाँको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलव कटाएर दलित अपांङ्गलाई सहयोग गरेका छन् ।

जिल्लाको अति विकट नायकवाडा गाविस वडा नं ३ का अति गरिव परिवारका विद्यार्थी २६ वर्षिय मोहनीलाल कामीलाई रु ५८ हजार ५ सय रकम सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्र जंग शाहीले जानकारी दिनुभयो । पहल कार्यक्रममा काम गर्ने १७ जना कर्मचारीको आप्नो तलव वाट कटाएर अपांङ्ग भएका विद्यार्थी मोहनीलाल विकलाई सो रकम शनिवार हस्तान्तरण गरिएको शाहीले जानकारी दिनुभयो । मोहनीलालले रकम कै अभावमा भेरी ज्ञानोदय क्याम्समा परिक्षाको रकम तिर्न नसक्दा वि एड प्रथम वर्षमै रहन वाध्य भएका छन् । रकम भएको भए उहाँ अहिले वि एड तेस्रो वर्षमा अध्यायन गदै हुनुहुन्थ्यो । मासिक फिस, परिक्षा सुल्क तिर्न नसक्दा विएड प्रथम वर्षमै रहन वाध्य भएको मोहनीलालको भनाई छ ।

२६ वर्षिय मोहनीलाल आफु त अपांङ्ग हुनुहुन्छ नै , उहाँका भाई सुरेन्द्र कामी र वैनी विजश्वरी कामी समेत अपांङ्ग भएका कारण आमा ,वावाले उचित हेरचाह गर्न नसकेको मोहनीलालको भनाई छ । अरु अपांङ्ग भएका भाई ,वैनीहरु विद्यालयको मुखै देख्न पाएका छैन्न मोहनीलालले भन्नुभयो । दैनिक अर्काको मजदुरी गरेर गुजरा चलाउने यो कामी परिवार छोरा,छोरी सवै अपांङ्ग भएपछि निकै चिन्तित भएको मोहनीलालका वावा सुरेन्द्र कामीले वताउनुभयो । सवै जन्मजात अपांङ्ग भएको उहाँको भनाई छ ।
काम गरेर खाने हामी गरिव त्यसमा पनि समुदायमा कसरी अपांङ्ग छोरा,छोरीलाई हुकाउँने हामी दुखीलाई कसले हेर्छ र मोहनीलालकी आमा पम्फा कामीले दुखेसो पोख्नुभयो । मोहनीलालले मात्र जसोतसो गरेर यति सम्मा पढेको भएपनि आर्थिक अभावल पढाई यही विएड प्रथम वर्षमै थन्किएको छ ।





error: Content is protected !!