लेखाजोखा केन्द्र नहुँदा आधिकारिक तथ्यांक पाउँन मुस्किल

हेमन्त के सी ,

जाजरकोट , मंङसिर ,१८ ।  आज देशै भरी अपाङ्ग दिवस मनाईरहदा जाजरकोटमा भने लेखाजोखा केन्द्र नहुँदा आधिकारिक तथ्याङ्क पाउँन मुस्किल भएको छ ।

जिल्लामा कति अपाङ्ग छन् ,वर्षेनी कति थप्निछन् ,अनि मृत्यू हुँनेको संख्य कति छ भन्ने वारेमा एकिन जानकारी नहुँदा सहि तथ्याङ्क पाँउन समस्य भएको हो । अन्य जिल्लामा लेखाजोखा केन्द्र नभएपनि जाजरकोटमा राज्यले केन्द्रको व्यवस्था नगर्दा समस्य भएको हो । जिल्ला अपाङ्ग कार्यालयमा केही तथ्यांक भएपनि त्यो अध्यावधि नगरिदा सहि मान्न सकिएको छैन् । ग्रामीण क्षेत्रमा धेरै अपाङ्ग भएपनि त्यो अपाङ्ग कार्यालयको तथ्यांकमा नमेट्न नसकिएको हो ।

जिल्ला शिक्षा कार्यालयले आधिकारिक लेखाजोखा केन्द्र नहुँदा अपाङ्गको छात्रवृती वितरणमा समस्य हुँने वताएको छ । सरकारी तवरवाट आधिकारिक लेखाजोखा केन्द्र नहुँदा दैनिक अपाङ्गको सहि जानकारी दिन मुस्किल भएको जिल्लाका सरकारीअधिकारीले वताएका छन् ।





error: Content is protected !!