जाजरकोटमा अधिकासं झोलुङ्गे पुलहरु जिर्ण वन्दै

हेमन्त के सी
kusma-gyadi-jhulungy-pul-parbat-1-630x272जाजरकोट १७ मंसिर । यहाँ वर्षेनी ६ भन्दा वढी पुल थपिएपनि पुराना पुल हरु मर्मत नहुदा समस्य भएको छ । नयाँ निर्माण संगै पुराना मर्मत तर्फ कसैको ध्यान नजाँदा ग्रामीण स्तरका पुलहरु दिनदिनै जिर्ण वन्दै भएका छन । विभिन्न गाविसहरुमा रहेका झोलंगे पुलहरु जिर्ण हुदा स्थानीयलाई वारपार गर्न कठिन भएको छ । दशौं वर्ष पुराना पुलहरु आवश्यक मर्मत संभारको अभावमा जिर्ण बनेका हुन् ।

जिल्लाका डाँडागाउँ गाविस र रुकुमको आठविसडाँडागाँउ जोड्ने चिसापानीको पुल, सक्ला गाविसको लैखम र लहँको सिर्के जोड्ने साँघुतराको पुल, भगवतिको खाति गुर्ता जोड्ने पुल, नायकवाडा र रोकायगाउँ जोड्ने घाटबजारको पुल अत्यधिक खतरामा रहेका छन् भने सामान्य रुपमा जिर्ण बनेका दुई दर्जन बढि पुलहरु रहेका छन् ।
युद्धकालमा तत्कालीन माओबादीले क्षति पु¥याएका र वर्षौ पुराना पुलहरुको आवश्यक मर्मत संभारका लागि जिम्मेवार निकायका वेवास्ता गर्दा पुलहरु जिर्ण बनका हुन् । पुलहरु जिर्ण बन्दा आवत–जावत गर्न कठीनाई भएको स्थानीय बताउछन् । पुलहरु जिर्ण बन्दा विद्यार्थी, सर्वसाधारण लगायत घोडा खच्चड तथा चौपाया वस्तुभाउ वारपार गर्न निकै जोखिम मोल्नु परेकोे स्थानीयको भनाई छ । नायकवाडा ७ का पृथ्वी विक्रम शाहीले भने, ‘झोलुङ्गे पुल निर्माण भए पनि त्यसको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल नगरिदा पुलहरु जिर्ण बन्दै गएका छन् । संरचना बनाउन लाखौ बजेट खर्च गरिन्छ तर संरक्षणका लागि कसैले चासो देखाउदैनन् ।’
कतिपय ठाउँका पुलका सरसामान चोरी हुने गरेका कारण पनि पुलहरु भत्किन थालेका छन् । पुलका फट्टाहरु चोरेर घरेलु सामान बनाउने, तार जालीहरु काटेर लिने गरिएकाले पनि पुलहरुको अवस्था विग्रदै गएको हो ।
अधिकासं पुलहरुमा भने मर्मत सम्भारको लागि सामान ल्याईए पनि समयमै काम नहुदा गाउँलेहरुले चोरेर लगेका छन् । कुनै सामानहरु घरेलु प्रयोजनमा उपयोग गरेका छन् । कतिपय पुलका बार बनाइएका जाली फाटेका छन् भने कतिपय पुलहरुका फट्टाहरु छैनन् । त्यस्तै कतिपय पुलमा फलामका डोरीहरु खिईदै गएका छन् । अधिकासं पुराना पुलहरु निकै पुराना र काठका फट्टाहरु राखिएकाले कुहिएर गएका छन् । यस्ता झोलुगें पुलहरुको निश्चित आयु कति हुन्छ भन्ने खासै सिद्धान्तगत तथ्य नभए पनि तिनीहरुको मर्मत सम्भार बेलैमा गर्नु आवश्यक भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाह को भनाई छ ।
उनले भने, ‘सर्व साधारण जनताको जीवन सँग प्रत्यक्ष जोडिएका यस्ता पुलहरुको मर्मत सम्भार गर्न सम्बन्धित निकायले उपयूक्त चासो नदेखाउनु गैर जिम्मेवारपन हो । जिल्लामा पुराना र नयाँ पुलहरु गरी जम्मा ७६ वटा रहेका छन । प्रभावकारी अनुगमण नहुदा कुन पुल कस्तो अवस्थामा छ कसैलाई थाहा नभएको सरोकारवालाको भनाई छ ।





error: Content is protected !!