लक्ष्मी परियार को हत्यारा लाई कर्बाही को माग गर्दै दलित मुक्ती मोर्चा ले बुझायो ज्ञापन पत्र

लक्ष्मण रसाइली
पुस १३ जाजरकोट ।
समाज जति सुकै परिबर्तनकारी देखियता पनि जातिय भेदभाब मा कहिले पनि पनि परिबर्तन देखियन। कुनै मानिस भयर मानवले पाउने व्यवहार नपाउनु पिडा त छदै छ।

15749120_355595971480344_1797051348_o

अहिले यो २१औ शताब्दी को युग ले प्रबेश गर्दा पनि दलित भयकै कारण दिशा खुवाएर कुटपिट गरि हत्या गर्ने जस्ता कार्य मानव भयर पनि मानव को व्यवहार नपाउनु यो बहिरो समाज पछि परेको छ।यसै शिलशिला मा सानोवाङ्थली ७ काभ्रे कि २३बर्षिय लक्ष्मी परियार लाई गत मंसिर २०का दिन सुर्योदय मा बि मा शिक्षण गरि रहेका हिरा लामा ले दलित महिला भएकै कारण मरनासन्न हुनेगरी कुटपिट गरि मंसिर २४गते उनको मृत्युु भयको थियो।हाल सम्म पनि दोषी हिरा लाई कार्बही गरियको छैन।उल्टो उनका श्रीमान् लाई पनि यातना दिई रहेको छ।घटना प्रत्यक्ष आरोपी हिरा लामा र उनकी आमा लाई कार्बाही को माग गर्दै नेपाल दलित मुक्ती मोर्चा जाजरकोट ले सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा को हातमा ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्री कार्यालयमा पठाउन अनुरोध गरेको छ ।

सहायक प्रमूख जिल्ला अधिकारी जनकराज शर्माले सो ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउँने जानकारी दिएको मोर्चा कि इन्चार्ज पार्बती बि क ले बताउनु भएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!