क्षमताको आधारमा रोजगारी पाउनुपर्ने पुर्व गृहमन्त्री वस्नेत

हेमन्त के सी
पुस १२ पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले क्षमताको आधारमा रोजगारी खानुपर्ने वताउनुभयो । हुुकुमी शासन अर्थात पहुँचको आधारमा जागीर खाने शासन व्यवस्थाको अन्त्यका लागी माओवादीले यूद्ध गरेको वस्नेतले वताउनुभयो ।
अखिल क्रान्तिकारी जाजरकोटको १९ औ जिल्ला समेलनको उद्घाटनमा पुगेका वस्नेतले यस्तो वताएका हुँन । जाजरकोटमा शैक्षिक अवस्था सुधार गर्न आफु दिनरात लागेको वताउदै कतिपय जागीर खानका लागी मात्र खोलिएका विद्यालय वन्द गरिनुपर्ने उहाँको भनाई छ । विद्यार्थीहरु पढाउनका लागी दुरदराजमा विद्यालय खोलिनुपर्नेमा जोड दिदै वस्नेतले जिल्लाका अधिकांश ठाउँमा आफ्नो मान्छेलाई जागिर खुआउन खोलिएका विद्यालयहरु वन्द गरिनुपर्ने दरवन्दी अपुग भएका ठाउँमा सो व्यवस्थापन गरिनुपर्ने उहाँको भनाई छ ।
१४ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा लागेका वस्नेतले रातामाटामा लुकेर विद्यार्थी सम्मेलन गरेको स्मरण समेत गर्नुभयो । अहिले सवै जान्ने र वुझने उमेर भएका कारण अनाआवश्यक कुरामा ध्यान दिएर आशा लाग्दो जीवन लाई फलदायी वनाउन समेत उहाँले विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
जहाँ विकृती छ त्यहाँ अखिल क्रान्तिकारीको नारा वनाई अगाडी वढ्न वस्नेतले आग्रह गर्नुभयो । विद्यार्थीहरु भनेको सधै आन्दोलन गर्न मात्र होईन नयाँ खोज पिडी पनि हो ।



