वातावरणीय प्रभाव मुल्याकंन विना नै भौर्तिक संरचना ,सडक निर्माण

हेमन्त के सी
जाजरकोट,पुस ,१२ । जाजरकोटमा सवै विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मुल्याकंनको काम नहुँने गरेको पाईएको छ ।
खानेपानी, टेलिफोन टावर , विद्युत,सडक र अन्य विकास निर्माणका काममा वातावरणीय प्रभाव मुल्याकंन नै नगरी काम हुँने गरेको खुलासा भएको हो । यसरी विकासको नाममा वातावरणलाई पार्ने प्रभावका विषयमा गम्भिर नभई जथाभावी विकास गर्दा दिगो नहुँने गरेको जिल्ला वन कार्यालय जाजरकोटले जनाएको छ । विकास गर्दा भुगोल,भु वनोट, माटोको अवस्था, वन जंगलको अवस्था , खानेपानी लगाएत का कुरामा ध्यान नदिएर गरिने विकासले दिर्घकालिन असर पार्ने गरेको कार्यालयको भनाई छ । जिल्लाका दर्जनौ ठाउँमा निर्माण कार्य जारी रहेका सडक मुल्याकंन विना नै गरिएका काममा भएका कारण वर्षेनी वाढी ,पहिरो, भु क्षयका कारण लाखैको क्षेति हुँदै आएको छ ।
अहिलेको असार देखी भदौ सम्मा मात्र सडकवाट आएको पहिरोका कारण ५ जना मानिसको मृत्यू भएको छ भने आधा दर्जन वस्ती जोखिममा परेका छन् । दुई वटा विद्यालय समेत सडक आएको पहिरोका कारण विस्थापित वन्नुु परेको छ । मापदण्ड भन्दा वाहिर गएर निर्माण गरिएका सडकमा दुर्घटना त्यतिकै भएका छन् । वातारवणीय प्रभावको विषयलाई ध्यानै नदिएर जथाभावी डोजरले सडक खन्दा जमिन धज्जा ,धज्जा भई कम्जोर भएको छ । कम्जोर भएको जमिनमा पहिरोको उच्च जोखिम रहेको पाईएको छ । माटोको अवस्था नै जाँच नै नगरी गाउँ भित्र वाट लिईएका सडकले पुरै गाउँ नै जोखिम वनाएको छ । जिल्ला वन कार्यालयले पटक ,पटक वातारणीय प्रभाव मुल्याकंनको कुरा उठाएपनि कसैले त्यसको वारेमा गम्भिर भएको पाईएको छैन् ।
वर्षेनी सडक खन्ने र यातायातका साधन गुड्न नपाउँदै वर्षायाममा पहिरोका कारण पुर्न निर्माण गर्नुपर्ने अवस्था आउँदा वर्षेनी लाखै रकम अनाआश्यक खर्च भईरहेको पाईएको छ । विकास निर्माण गर्दा दिगो पनलाई ध्यान नदिदा वर्षेनी लाखै रकम खर्च गर्दा पनि उपलव्धी हुँन नसकेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताउनुभयो ।





error: Content is protected !!