शिक्षकलाई तलवका लागि माछा ,कुखुरा पालन

हेमन्त के सी
जाजरकोट, पुस, १० । विद्यालय सञ्चालनका लागी राखिएका निजी शिक्षकलाई तलव खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यावसाय सञ्चालन गरेको छ ।
जिल्लाको सिमा गाविस वडा नं २ मा रहेको सरस्वती आधारभुत विद्यालय नेपा लैकडामा यस्तो व्यावसाय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रकास अधिकारीले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्नका लागी ६ जना निजी स्तरवाट राखिएका शिक्षकको तलव ,भत्ता खुवाउन र विद्यालयलाई थप स्तरउन्नती गर्न माछा,कुखुरा पालन गरिएको अधिकारीको भनाई छ । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा २ हजार ५ सय माछा र १ हजार कुखुरा पालन गरिएको छ । कुखुरा र माछा विक्री वितरण गरि आएको रकमवाट शिक्षकलाई तलव ,भत्ता खुवाउन सजिलो हुँने अधिकारीले वताउनुभयो । २०२४ सालमा स्थापना भएको यो विद्यालय अव आधारभुत तहवाट मावि सञ्चालनको तयारीमा रहेको छ । विद्यार्थीहरुको अत्यधिक चाप रहेको विद्यालयमा शिक्षकको संख्य कम भएका कारण दैनिक पढन,पाठनमा समस्य पदै आएको छ ।
नेपा वाट सिमा आउन टाढा भएकाले मावि तह अहिलेकै ठाउँमा सञ्चालन भएमा कुनै पनि विद्यार्थीहरु पढाईवाट वन्चित नहुँने अधिकारीको तर्क छ । नेपा वाट सिमा आउँन ३ घण्टा भन्दा वढी लाग्ने गर्दछ । विद्यालयले जिल्लाका संघ,संस्था लाई सहयोग गर्न आग्रह समेत गरेको छ । यो भन्दा अघि उधारोमा पढाएका शिक्षकहरु विद्यालयले कुखुरा, माछा पालन गरि तलव दिने तयारी गरेपछि निकै खुसी भएका छन् । विद्यार्थीहरु वस्ने ठाउँको अभावमा भुईमा वसेर अध्यायन गर्ने समस्य पनि यो आर्थिक वर्ष देखी समाप्त हुँने विद्यालयले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागी आवश्यक रकम उपलव्ध गराएपछि विद्यालय निर्माण कार्यमा गाउँले जुटेका छन् ।
विद्यालयको काम श्रमदान गरेर भएपनि शिक्षाले दिएको रकम वचाएर विद्यालयको थप प्रगतीका लागी काम गर्ने स्थानीय चन्द्र अधिकारीले वताउनुभयो । हामी आफ्नो विद्यालय आफै वनाउँछौ शिक्षाले दिएको रकम वचाएर पैसा तलव, थप कक्षा सञ्चालन गर्ने हाम्रो लक्ष्य हो अधिकारीले भन्नुभयो ।



