हिँउदे बिदासंगै बन्दभए डोल्पाका सम्पुर्ण बिद्यालय

रामचन्द्र न्यौपाने

डोल्पा पुष ९ दुनै , हिँउदको समय सुरुभएसंगै डोल्पाका सम्पुर्ण बिद्यालयहरु बन्द भएकाछन् ।  बिद्यालय निरीक्षक प्रकाश बहादुर धामीका अनुसार यस शैक्षिक सत्रको बार्षिक परीक्षाकोे सम्पुर्णकाम सकाएर ४५ दिनको मिनपचास अवधिका लागि यहाँका १ सय १६ वटा बिद्यालयहरु बन्द भईसकेकोे जानकारी दिनुभयो ।

dolpa schoolको लागि तस्बिर परिणाम

मंसिर देखि अत्याधिक जाडो बडेर पुष माघमा भारी हिमपातले पठनपाठन संञ्चालनगर्न नसकिने भएकाले हिँउदको समयमा यहाँका सबै बिद्यालयहरु बन्दहुने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
आउँदो फागुन १ गते भित्र जिल्लाका सबै बिद्यालयहरु खुल्ने समेत कार्यालयले जनाएको छ । देशका अन्य जिल्लाहरुमा बैशाख १ गते देखिमात्र नँया शैक्षिकसत्र सुरुहुने भएपनि डोल्पा,हुम्ला,मुगु लगाएतका हिमाली जिल्लाहरुमा माघ मसान्तमा शैक्षिक सत्र सकिने र फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरुहुने गर्दछ ।





error: Content is protected !!