बसको ठक्करबाट बर्दिया राष्टिय निकुञ्जमा रहेको पाटे बाघको मृत्यु

मेनुका चौधरी
बर्दिया पुस ७ । बसको ठक्करबाट बर्दिया राष्टिय निकुञ्जमा रहेको बयस्क पाटे बाघ मरेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक बसको ठक्करबाट गएराति पाटेबाघ मरेको बर्दिया राष्टिय
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो । पश्चिमबाट पुर्व तर्फ गईरहेको यात्रु बाहक ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिएको निकुञ्जले जनाएको छ । बाघलाई ठक्कर दिने बस बाँके राष्टिय निकुञ्ज ओभरीले नियन्त्रणमा लिएको छ । बाघको अहिले पोष्टमार्टम गरीने निकुञ्जले जनाएको छ ।पछिल्लो समय पुर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट बंदले, चित्तल लगायतका
मृग प्रजातीको मृत्यु हुने क्रम बढदो छ ।
गाडीको ठक्करबाट वन्यजन्तु मर्ने मुख्य चुनौतीको विषय बनेको छ । गाडीको ठक्करबाट बाघ मरेको यो पहिलो पटक हो ।बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले क्यामरा ट्रयापिङ्ग प्रबिधीबाट बाघ गणना चलिरहेको छ । बर्दिया निकुञ्जमा ५० वटा वयस्क पाटे बाघ, ६ वटा अर्ध वयस्क र २९ वटा बाघका बच्चा रहेको पछिल्लो तथ्याङ छ ।










