आजका दैनिक पत्रपत्रिकाका फ्रन्ट पेजः हिल्सा पुलले जोड्यो तिब्बत

६ पुस, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित प्राय दैनिक पत्रिकाले हुम्लास्थित हिल्सा नदीमा तिब्बत जोड्ने मोटर पुल सञ्चालनमा आएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।
पुल बनेपछि कर्णली र तिब्बतको व्यापारिक सम्बन्ध विस्तार भएको छ । पुल निर्माणले कैलाश मानसरोवर दर्शन गर्न जाने तिर्थयात्रीलाई पनि सजिलो भएको छ ।
त्यस्तै पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियरर तथा प्राविधिक कर्मचारीले राजीनामा दिएको समाचारलाई महत्वका साथ छापेका छन् ।
सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले मंगलबार सामुहिक राजीनामा बुझाएका हुन् ।
नागरिक दैनिकले भने भरतपुर क्यान्सर अस्पताललाई नै क्यान्सर शीर्षकमा प्रमुख समाचार छापेको छ । राजनीतिक भागबण्डा र कमिसनतन्त्रले अस्पतालको गुणस्तर खस्किएको समाचारमा उल्लेख छ ।

















