पहिलो पाटी वनाउँन कार्यक्रतालाई प्रधानमन्त्रीको निर्देशन

सुर्खेत, पुस ६ । सवै प्रकारका माओवादीहरुको एकता पछि अव नयाँ माओवादी वन्न र पहिलो पाटी वन्नका लागी दिनरात खट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रतालाई निर्देशन दिनुभयो । आज सुर्खेतको वीरेन्द्रनगरको जिविस सभाहलमा भएको ६ नं प्रदेशका कार्यक्रतालाई सम्वोधन गदै यस्तो निर्देशन दिनुभएको हो ।
अहिले देशमा संघियता चाहने र नचाहने वीचमा ठुलो द्धन्द्ध चलिरहेको भन्दै प्रचण्डले यो कुरा जनता सम्मा वुझाउन कार्यक्रतालाई आग्रह समेत गर्नुभयो । संघियता धरापमा पार्नका लागी न्वारण देखीको वल लगाई देश नै असफल वनाउँने दिशा तीर केही शक्ति लागेका कारण वलिदानीको गाथा वोकेका माओवादीहरु फेरी पनि जिउ ज्यान फाली संविधान,संघियता वचाउन खट्नु पर्ने वेला आएको उहाँको भनाई थियो । हामीले धेरै गुमाईऔँ भन्दा पनि लडेर धेरै उपलव्धी पाएकोमा हामीले खुसी हुनुपर्ने र देशको पहिलो दल वनाउँन थप उपलव्धी का लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिनुभयो । हिजो एमालेले ल्याएको प्रस्ताव अहिले सहमतीका लागी माओवादीले ल्याएका कारण अनाआवश्यक रुपमा एमालेले सदन अवरुद्ध गरेर आफ्नो प्रतिष्ठाको विषय वनाएको दावी गनुभयो ।
पहिलाको संविधान सभामा पाएको भोट र अहिले ल्याएको भोटको तुलना गदै थप जनसम्र्थन जुटाउन जनताको मन जित्न समेत कार्यक्रतालाई सुझाव दिनुभएको एक नेताले राससलाई वताए । अन्य दलले हुँदै नभएका कुरा गरौ भनेर वढी हल्ला गर्छन हामी भएका कुरा पनि जनता सम्मा लिएर वुझाउन सकिरहेका छैनौँ यहि कुरामा समस्य भएको उहाँको भनाई छ । त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामवहादुर थापाले गतिवान रुपमा गाविस ,वडा,जिल्लाको सम्मेलन गरी राष्टिय अधिवेशन गदै चुनावी माहोल सिर्जन गर्न कार्यक्रतालाई निर्देशन दिनुभयो । हामी माओवादी सचिएर जनताको माझमा आएका छौ , अव साचिक्कै जनताको मन जितेर देश माओवादी मय वनाउनु पर्ने यहाँको भनाई थियो । त्यस्तै नेता नारायण काजी श्रेष्ठले एक घर एक माओवादी कार्यक्रता वनाउँन आग्रह गर्नुभयो । अर्का नेता शक्तिवहादुर वस्नेतले कार्यक्रतालाई अध्यायन गर्ने वाँनीको विकास गर्न अनुरोध गर्नुभयो । अव स्थानीय निकायको चुनाव हुँने भएकाले सहि रिर्पोट केन्द्रमा दिन समेत अनुरोध गर्नुभयो
गलत रिर्पोट दिदा दोस्रो संविधान सभामा गलत परिणाम आएको उहाँको भनाई छ । कुरा मात्र ठुला गरेर नहुँने काम पनि ठुला गर्नुपर्नेमा उहाँको जोड रहेको छ । आज नै ६ नं प्रदेशका केन्द्रिय आयोजक समितिको वैठक सकिएको छ भने भोली पोलिटव्यूरोको वैठक वस्ने ६ नं प्रदेशका ईन्जार्च शक्तिवहादुर वस्नेतले वताउनुभयो ।










