नगर सरसफाईमा युवाको सक्रियता

नरेश राना

,जाजरकोट ३ पौष ।भेरीमालिका नगरपालिकाका रहेका केही सरकारी कार्यालय, नीजि एवं रोड र बजार क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।युवा सञ्चारकर्मी एवं पत्रकार नवराज शाहीको संयोजकत्वमा शनिबार नगरपालिकामा रहेका जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, भेरी ज्ञानोदय  क्याम्पस पशुसेवा कार्यालय, पत्रकार महासंघको कार्यालय, सिटिजन्स बैंक अगाडि र न्युरोड बजार क्षेत्र वरपर सरसफाई कार्यक्रम गरिएको हो ।wash-news-photo

उक्त कार्यक्रममा खानेपानी तथा सब डिभिजन कार्यालयका कार्यालय प्रमुख महेशी महतो, राइट फोरम नेपाल, जाजरकोटका अध्यक्ष गणेश बानियाँ लगाएत ३० जना भन्दा बढि युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय वरपरको फोहोर, मैला सफा गरिएको थियो । त्यस्तै जिल्ला वन कार्यालय छेउछाउ, भेरीज्ञानोदय क्याम्पस हाता भित्र रहेको फोहोर पनि सफा गरिको थियो । भने पत्रकार महासंघको कार्यालय अगाडि रोड वरपर, पशुसेवा कार्यालय छेउछाउ, सिटिजन्स बैंक अगाडि बस काउन्टर वरपर, न्युरोडको सडक र बजार वरपर, छेउछाउमा थुप्रिएर रहेको फोहोर जलाएर नष्ट गएिको छ ।

यसैगरी सरसफाई कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागि रहेको थियो । सहभागि युवाहरु आफैले हातमा पञ्जा लगाएर फोहोर टिपेर जलाएका थिए । यो कार्यक्रम नगरका केही वडामा मात्र सिमित नभएर नगरका अन्य क्षेत्रमा पनि सरसफाईमा युवाको सक्रिय भूमिका रहने संयोजक शाहीले बताए । यसरी प्रत्येक महिनाको पहिलो शनिबार सरफाई कार्यक्रमलाई निरन्तरता दिईयो भने नगर सधै सफा, सुन्दर र सभ्य हुने कार्यक्रमका संयोजक शाहीले बताए ।

यो कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिकार गर्ने गरिएको छ । कार्यक्रमलाई निरन्तरता दिन नगरका युवाहरु एकजुट भएका छन् । भने सरसफाई कार्यक्रमलाई नगरपालिका केही वडामा मात्र सिमित नभएर सबै वडा, बस्ती, टोल, चोक र चौतामा समेत सरसफाई गर्ने संयोजक शाहीले बताए ।

 





error: Content is protected !!