सरकार मुठभेट भेटको अवस्था सिर्जना गदै — नेता ज्ञवाली

हेमन्त  के सी
जाजरकोट पुस ३ । नेकपा एमाले स्थायी कमिटिका सदस्य प्रदिप ज्ञवालीले संविधानको पुर्ण कार्यन्वयन गर्ने वेलामा संविधान संसोधन गर्नु उचित नभएको वताउनुभएको छ । प्रेस चौतारीले आईतवार जाजरकोट सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो वताउनुभएको छ ।
सवै दल मिलेर संविधान कार्यन्वयन गर्ने समयमा सरकारको काम कारवाई उल्टो दिशा तिर गएको उहाँले आरोप लगाउनुभयो । संविधान संसोधनले ५ प्रकारका समस्य ल्याएको उहाँको जिकिर छ । संसोधनले दलहरुको विचमा धुवीकरण वढेको,संविधान संसोधन असंवैधानिक भएको समेत आरोप लगाउनुभयो । सरकारले अनाआवश्यक रुपमा प्रदेशको सिमा तलमाथी गर्नु असंवैधानिक रहेको उहाँले वताउनुभयो । समस्य समाधान भन्दा पनि सरकार मुडभेटको वाटो तर्फ उन्मुख भएको उहाँको भनाई छ ।

संविधान गतिशिल दस्तावेज भएकाले आवश्यताको आधारमा संसोधन हुँने उहाँको भनाई छ । मधेशवादी दलहरु नेपालमा दुई वटा राष्ट्रियता रहेको भनाईले गर्दा एमाले सशंकृत भएको ज्ञवालीले वताउनुभयो । एउटै राष्ट्रिय भएको देशमा अलग वनाउन खोजिदै छ । विदेशीको चासो नेपालको संविधानमा पर्न नहुँने उहाँले आरोप लगाउनुभयो ।





error: Content is protected !!