एमाले सहमतिमा नआए आफ्नै ढंगले अघि बढ्ने सरकारी रणनीति

काठमाडौं ३ पुस । प्रमुख प्रतिपक्ष दलले संसोधन फिर्ता नगरि संसदको अवरोध नखुलाउने अडान लिएपछि सरकारले संविधान संसोधन विधेयकलाई संसदीय प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

dsc9188-848x478भोली बस्ने व्यवस्थापिका संसदमा संसोधन विधेयक टेबुल गर्नेगरि छलफल भइरहेको छ । आज सत्तासन दलबीच छलफल गरेर भोलीको बैठकमा कसरी अगाडी बढ्ने भन्नेमा रणनीति तय हुनेछ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच पनि सरकारले संविधान संसोधन विधेयक टेवुल गर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले जानकारी दिइन ।

सभामुुख ओनसरी घर्तीसँगको सहमतिमा विधेयक सोमबार नै टेवुल गर्न सरकारलाई समय दिनेगरि कार्यसूची बनेको छ । प्रवक्ता भूषालले विधेयक टेबुले हुनेगरि कार्यसूची बनेको दावी गरे । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने सहमतिको वाताबरण नबने आफ्नो ढंगले अघि बढ्ने रणनीति छ ।





error: Content is protected !!