स्वास्थ्य संस्थामा शौचालय नहुँदा हैरान

जाजरकोट,पुस ३ । यहाँको एक स्वास्थ्य संस्थामा शौचालन र वाधरुम नहुँदा स्वास्थ्य कर्मी तथा सेवाग्रहीहरु जंगलको सहारा लिन वाध्य छन् ।
जिल्लाको गर्खाकोट गाविस रहेको स्वास्थ्य संस्थामा शौचालय र वाधरुप नहुँदा समस्य भएको डाक्टर पवन शाक्यले वताउनुभयो ।

toilet-e1423970371671-250x150जाजरकोटलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेको लामो समय वित्ति ,सरसफाई यूक्त गाविसहरु घोषणा गर्ने चरणमा पुगेको अवस्थामा स्वास्थ्य संस्थामा शौचालन नहुँदा दैनिक जंगलको सहारा लिनु परेको छ । शौचालयको अभावमा स्वास्थ्यकर्मी तथा डाक्टर अनि सेवाग्रही जंगलतिर दैडिनु पर्ने वाध्यता रहेको डाक्टर शाक्यले जानकारी दिनुभयो ।

ईलाका स्तरको यो स्वास्थ्य संस्थामा ९ जना स्वास्थ्यकर्मी रहेका छन् । दैनिक ५० भन्दा वढी विरामीहरु उपचारका लागी आउँने यस स्वास्थ्य सस्थामा शौचालय नहँुदा जंगल दौडिनुको विकल्प नभएको स्वास्थ्यकर्मीले वताएका छन् ।

वषौपछि डाक्टर वसेर सेवा प्रवाह गरेको भन्दै खुसी भएका गर्खाकोटका स्थानीयहरु शौचालयकै कारण डाक्टरले गुनासो गरेपछि दुखी भएका छन् । खुल्ला रुपमा दिसा, पिसाव गर्दा फोहोर त हुन्छ नै , नजिकैका स्थानीयले देख्लान भन्ने त्रासले पुरै दिशा गर्न नपाँउने अवस्था रहेको स्वास्थ्यकर्मीले पिडा सुनाए ।

खानेपानी ,शौचालय,वाधरुप लगाएतका आवश्यकिय वस्तु नहुँदा दैनिक पिडा झेल्नु परेको छ । डाक्टरले केही सुविधा नभएको ठाउँमा कसरी सेवा प्रवाह गर्ने अव म जिल्ला तिर जान्छु भनेर सुनाएपछि थप आफुहरु दुखी भएको स्थानीय गोपाल गिरीले जानकारी दिनुभयो ।





error: Content is protected !!