मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानमा जाजरकोटका पुर्ण समीर

हेमन्तराज काफ्ले
पुस ३ नेपालगन्ज । मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ नेतृत्वको चयन शुक्रबार गरिएको छ । पूर्ण समीरको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष दीपक आचार्य जलन, सचिव अनुपमा करारा विवश, सह सचिव वी।पी अस्तु, कोषाध्यक्ष जे।वी अनुरागी रहेका छन् । भने सदस्य डम्बर थापा आश्रीत र हरिप्रकाश भण्डारी रहेका छन् ।
२०६२ सालमा नेपालगञ्ज बाँकेमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको स्थापना गरिएको थियो । उक्त प्रतिष्ठानको स्थापना कालको ११ वर्ष पछि नयाँ नेतृत्व चयन गरिएको प्रतिष्ठानले जनाएको छ । मध्यपश्चिाञ्चलमा छरिएर रहेका भेरी, कर्णाली र राप्ती अञ्चलका १५ जिल्लामा प्रतिष्ठानले शाखा बिस्तार गरिसकेको छ ।
मध्यश्चिममा गजल साहित्यमा विगत लामो समय देखि कलम चलाउदै आउनु भएका दर्जन बढि गजल स्रष्टालाई सम्मान पनि गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य समेत रहेका महतरा यो क्षेत्रका वरिष्ठ साहित्यकारमा पर्दछन् ।










