वीरेन्द्रनगर जुनियर जेसीजको १० अाैँ अधिवेशन सम्पन्न

सुर्खेत, पुस ३ । वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ को अध्यक्षमा जगत अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न १० औं शाखा अधिबेशनबाट अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले प्रतिस्पर्धी तुल्सी आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

birendranagar-jciवीरेन्द्रनगर जुनियर जेसीज स्थापना भएपछि पहिलो पटक निर्वाचन भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षका लागि पनि मतदान भएको थियो । मतदान प्रक्रियाबाट कार्यकारिणी उपाध्यक्षमा यज्ञ खत्री र विवेचना खनाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षहरुमा क्रमशः राम वि शाम, विपना विष्ट, टीकाप्रसाद ढकाल र दुर्गाप्रसाद शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वीरेन्द्रनगर जुनियर जेसीजका पूर्वअध्यक्ष राजकुमार सिजापतिले जानकारी दिए । कानुनी सल्लाहाकार, महासचिव, कोषाध्यक्ष, सचिव, सह–कोषाध्यक्ष लगायतका पदहरु भने मनोनित गरिने छ । यसैबीच १० औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन कार्यक्रमबाट वार्षिक प्रतिवेदन पारित गरिएको छ ।

वीरेन्द्रनगर जेसीज वर्ष १९९६ का अध्यक्ष श्रवणसिंह ठकुरीको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१६ का अध्यक्ष खेमराज वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सिंह लगायत वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष उपेन्द्र सुवेदी र जुनियर जेसीज वर्ष २०१६ का राष्ट्रिय संयोजक हरिलाल खड्काले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर जेसीजका निवर्तमान अध्यक्ष नीशा सुवेदी, वीरेन्द्रनगर जुनियर जेसीजका निवर्तमान अध्यक्ष मुना हमाल लगायतको सहभागिता रहेको थियो ।





error: Content is protected !!