ट्याक्टर व्यावसायीले गरे ढुवानी वन्द

निरज के सी
जाजरकोट, पुस , ३ । जथाभावी सामान ढुवानी गरी कामदारलाई भावनामा खेलेको भन्दै जाजरकोट खगेनकोट देखी तल्लु वगर सम्मा सञ्चालनमा रहेका ट्याक्टरहरु आईतवार देखी वन्द गरिएको छ ।

ट्याक्टर व्यावसाय संघ खगेनकोटले रेट निर्धारण गरिनु पर्ने , कोही व्यापारी र ढुवानी गर्ने व्यक्ति मर्कामा पर्नु नपर्ने लगाएतका माग राखी आज देखी ढुवानी सेवा वन्द गरेको हो ।

जथाभावी गरिने ढुवानीले समान दर ,रेट नहुँने हुँदा ढुवानी भाडामा एक रुपमा ल्याउन संघले माग गरेको अध्यक्ष नेत्रवहादुर विसीले भेरीखवरलाई जानकारी दिनुभयो ।





error: Content is protected !!