सेक्स सिन दिँदा निर्देशकले हात समातेर भने,’सना तिमी चिन्ता नगर, यो सिनमा निकै राम्री देखिनेछौँ’

१ पुस, एजेन्सी। मोडल तथा नायिका सना खान निर्देशक विशाल पंड्याको फिल्म ‘वजह तुम हो’ मा प्रमुख भूमिकामा देखिदैँ छिन्। उनले फिल्ममा दिएको बोल्ड सिन अहिले बलिउडमा चर्चाको विषय बनेको छ। सिन यति बोल्ड छन् कि सनाको यी सिनहरु प्रति नकारात्मक चर्चा बढी छन्। यसैबिच सनाले एक अन्तर्वाताको क्रममा आफ्ना सिनको बारेमा बताएकी छिन्।
उनी भन्छिन्, ‘निकै अनौठो लाग्छ, जब इन्डस्ट्रीका मान्छेहरु यसरी सिन्सको बारेमा कुरा गर्छन्। आज हेरक फिल्ममा किसि सिन हुन्छ। मलाइ थाहा छैन इन्टिमेट सिन गर्दा यस्तो हल्ला किन मच्चाइन्छ।’
परिवारको प्रतिक्रिया
‘मेरी आमा यी सेक्स सीनलाई लिएर निकै दुखित हुनुहुन्थ्यो। थाहा पाउन खोज्दै हुनुहुन्थ्यो कि आखिर मैले यती एक्सपोज किन गरे? तापनि मलाइ आशा छ कि छिट्टै वहाँले मलाई बुझ्नुहुनेछ। मलाई लाग्छ कि वहाँको ठाउँमा अरुकोही भएको भएपनि यस्तै प्रतिक्रिया आउँथ्यो।’
सनाको अनुसार कयौं फिल्म छन् जसमा स्टिमी सिन्स छन्। तर ती सिनको बारेमा कसैले प्रश्न गर्दैन। भारतमा जति जति मान्छेहरु खुल्न थालेका छन्, त्यो हिसाबले इन्टिमेट सिन्स धेरै दिनसम्म प्रतिबन्धित हुन सक्दैन। यो कथाकै एक हिस्सा हो। आज हामी पश्चिमी संस्कार खुलेर अपनाउँदै छौ। जब हामी चीजहरुलाई लिएर यति खुलस्त छौँ भने इन्टिमेट सिन्समा बवाल किन?
फिल्मका निर्देशक विशालले भनेका थिए यो एक बोल्ड फिल्म हो। मैले पहिले पनि उनको काम ‘हेट स्टोरी-३’ मा देखिसकेकी छु र मलाई थाहा थियो कि उनी बिनाकारण बोल्ड सिन गर्नको लागि भन्दैनन्। यस्तोमा मैले सोचेकी यो अफर गुमाउनु हुँदैन। म आभारी छु कि उनले मेरो फेवर गरे अनि त्यसको ७ दिन पश्चात म सुटिङको लागि तयार थिएँ २-३ को रिडिङ सेशन पश्चात विशालले स्पष्ट पारे कि आखिर उनी के चाहन्छन्। वास्तवमा यो एक मर्डर मिस्ट्रीमा आधारित फिल्म हो।
सेक्स सीनको क्रममा सबैभन्दा गाह्रो काम
मलाई थाहा छ कि दर्शक जति नै इन्जोए गरेपनि इमोशनल सिनको तुलनामा सेक्स सीन गर्नु निकै कठिन थियो। सेक्स सिनको सबैभन्दा महत्वपर्ण कुरा त्यो परफेक्ट हुनुर्छ। विशालले मेरो हात समाते अनि भने, ‘सना तिमी चिन्ता नगर, यो सिनमा निकै राम्री देखिनेछौँ।’
सनाले फिल्म ‘जया हो’बाट बलिउडमा डेब्यु गरेकी थिइन। त्यो पनि ३ वर्ष पहिले। त्यसपछि उनको यो फिल्म निकै बोल्ड सिन सहित रिलिज हुने तरखरमा छ। सेक्स सिनको क्रममा निकै कम रिटेक लिएको बताउने सना भन्छिन्, ‘म निकै कन्फिडेन्स थिए। त्यसैले रिटेक्स निकै कम लिनु पर्यो। म यो फिल्ममा एक वकिलको भूमिकामा देखिनेछु।
यो फिल्म यहि डिसेम्बर १६बाट रिलिज हुदैछ।










