फिल्म रिलिज पूर्व नै रेकर्ड: आमिरको फिल्म ‘दंगल’को सबैभन्दा महंगो डिल

१ पुस, एजेन्सी ।
आमिर खान स्टारर फिल्म ‘दंगल’ को स्याटेलाइट राइट्स को डिल ७५ लाख भारुमा तय भएको छ। यसलाई बलिउडकै सबैभन्दा ठूलो स्याटेलाइट डिल बताइएको छ। यो सम्झौता जी नेटवर्कसंग भएको हो।dangal-12434227

यो भन्दा अघि सन् २०१३ मा आमिरकै ‘धूम ३’ को स्याटेलाइट अधिकार सबैभन्दा महंगोमा बिकेको थियो। तब सोनी च्यानलसंग ६५ करोड भारुमा डिल भएको थियो। ‘दंगल’ २३ डिसेम्बरमा रिलिज हुनेछ।

किन चर्चमा छ यो सम्झौता ?

बलिउडमा सलमान खान, शाहरुख खान, आमिर खान र अक्षय कुमार फिल्मको पारिश्रमिकको सट्टा ५५-७० प्रतिशत मुनाफा लिने गरेका छन्। यो मुनाफा सेयरिङको एक प्रमुख हिस्सा स्याटेलाइट राइट्सबाट पनि आउँछ। फिल्म ‘दंगल’ आमिरले डिज्नी यूटीवीसंग मिलेर निर्माण गरेका हुन। जसमा ७० प्रतिशत पैसा आमिर आफ्नैको हो। त्यसैले यो सम्झौताबाट आउने अधिकांस पैसा आमिरकै पकेटमा जान्छ।

 दंगलका निर्माताले कसरी पाउँछन् पैसा
डिज्नी यूटीवीको अनुसार यो जी नेटवर्कसंग भएको सम्झौतामा न्यूनतम ५५ करोड पक्का छ। सम्झौताको बाँकी २० करोड तब दिइनेछ जब फिल्मले बक्स अफिसमा १०० करोडको व्यापार गर्नेछ।

दंगलको आम्दानीको आशा
‘दंगल’ २०१६ को ‘मस्ट वान्टेट’ फिल्म हो। फिल्म सुपरहिट हुने आशा गरिएको छ। ट्रेड एक्पर्टहरुले फिल्मले रिलिजकै दिन २४ करोडको आसपास कमाइ गर्ने अनुमान गरेका छन्।

यो वर्ष फिल्म ‘बेफिक्रे’ले पनि करिब ४०-५० करोडको स्ट्याटेलाइट डिल गरेको छ। किनकी यसका निर्देशक आदित्य चोपडा हुन। साथै यसलाई यशराज फिल्म्सको ठूलो ब्यानरको प्रभावले गर्दा स्याटेलाइट राइट्सकोलागि यतिका पैसा दिइएको हो। यदि निर्देशक आदित्य नभइ अरु कोही भएको भए फिल्मले २०-२२ करोड भारु भन्दा बढी पैसा पाउँथेन। यसरी हेर्दा बलिउडमा ब्रान्डले ठूलो भूमिका खेल्छ। आमिर खान आफैमा एक ब्रान्ड हुन। त्यसैले पनि फिल्मको लागि यतिका पैसा फिल्म रिलिज पूर्व नै दिन जी नेटवर्क तयार भएको हो।





error: Content is protected !!