डब्लूटीओका पूर्वप्रमुखको निधन

१ पुस, एजेन्सी। संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य मामिला हेर्ने संस्था, विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ)का पूर्वमहानिर्देशक तथा डेनिस नागरिक हाल्फदेन टी मालरको बुधबार निधन भएको छ। उनि ९३ वर्षका थिए । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख मालरको मृत्यु भएको जानकारी गराएको हो ।

जेनेभा र स्वीट्जरल्यान्डमा रहेर क्षयरोग एकाई प्रमुख बनी काम गरेका माहलर १९७३–१९८८ मा विश्व स्वास्थ्य सङ्गठनको महानिर्देशक भएका थिए । पश्चिमी डेनमार्कको गाउँमा जन्मिएका माहलरले भारतको राष्ट्रिय क्षयरोग योजनामा पनि केही समय काम गरेका थिए ।





error: Content is protected !!