दुई अरव ६७ करोडको बजेट प्रस्तावित गर्दै पुर्व बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

दीपबहादुर घर्ती जाजरकोट, मंसिर ३० । जिल्ला बिकास समिति जाजरकोटको आयोजनामा २ अरव ६७ करोड १८ लाखको बजेट प्रस्तावित गर्दै बुधवार सदरमुकाम खलंगामा पुर्व बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आसन्न गाविस तथा ईलाका परिषदहरुलाई मार्गदर्शन गर्न योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
बुधवार सम्पन्न पुर्व बार्षिक योजना तर्जुमा गोष्ठीले जिल्लामा रहेका सरकारी तथा बिकास साझेदार संघ संस्थाहरुका तर्फवाट आव २०७४÷०७५ का लागि २ अरव ६७ करोड १८ लाखको बजेट प्रस्थावित गरेको छ । प्रस्थावित वजेको दायरा भित्रै रहेर आसन्न गाविस तथा ईलाका परिषदका चरणहरु पुरा गर्नु पर्ने स्थानिय बिकास अधिकारी ईन्द्र गौतमले वताए ।
स्थानिय निकाय पुर्नसंरचना लागु भएपछि मार्गदर्शन तथा बजेट सिमाना संशोधन हुने गरि अहिलेलाई स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १९५ अनुसार आव २०७४÷०७५ का लागि उक्त बजेट प्रस्तावित गरिएको स्थानिय विकास अधिकारी गौतमले जानकारी दिए । जिल्ला बिकास समितिको लागि ७९ करोड ३० लाख ४० हजारको वजेट प्रस्थावित गरिएको छ ।
प्रस्तावित ७९ करोड ३० लाख ४० हजारको वजेट भित्र जिविस अनुदान, गाविस अनुदान, ग्रामिण खानेपानी तथा सरसफाई, स्थानिय यातायात पूर्वाधार क्षेत्रगत, लघु उद्यम विकास, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममा चालु बजेट मात्र रहेको छ भने, स्थानिय स्तरका सडक पुल तथा सामुदायिक पहँुच सुधार, आदीबासी जनजाती उत्थान, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक, जेष्ठ नागरिक, अशक्त, अपाङ्ग, लोपन्मुख जाति तथा एकल महिला, उपेक्षित, उत्पिडीत, दलित बर्ग उत्थान, साना सिंचाई आयोजनाहरु रहेका छन ।
त्यसैगरि बादी समुदाय उत्थान विकास, साना सिंचाई तथा नदी नियन्त्रण, अन्य पूर्वाधार, द्धन्द्ध प्रभावित बिशेष कार्यक्रमहरु रहेका छन् । साथै उक्त बजेट भित्रै स्थानिय निकाय वित्तिय आयोग, विद्युत रोयल्टी, पर्यटन पूर्वाधार बिकास कार्यक्रम, गरिव घरपरिवार सहयोग, स्थानिय विकास सुल्क कोष, बहुँ क्षेत्रिय पोषण कार्यक्रम, निर्वाचन क्षेत्र बिकास कार्यक्रम, राष्ट्रिय विकास स्वयमसेवक सेवाको संस्थागत विकास, राष्ट्रिय युवा परिचालन कार्यक्रम र स्थानिय शान्ति समिति जस्ता क्षेत्रहरु रहेका छन् ।
त्यसैगरि जिल्ला बिकास समिति अन्तरगतका जलवायु परिवर्तन सहयोग कार्यक्रम, सड्क वोर्ड, गरिवसंग विश्वेर कार्यक्रम, दुर्गम क्षेत्र बिकास कार्यक्रम, बिकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार आयोजना, ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रम, स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रमका लागि एकमुष्ठ जोडेर गोष्ठीले ३१ करोड ३८ लाख २३ हजारको बजेट प्रस्तावित गरेको छ ।
त्यसैगरि गोष्ठीवाट बिषयगत कार्यालयहरु जिल्ला प्राविधीक कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय र जिल्ला वन कार्यालयका लागी चालु र पूजीगत वजेट एकमुष्ट रुपमा १ अरव ३५ करोड ९६ लाख प्रस्तावित गरिएको छ ।
त्यसैगरि गैरसरकारी संघ, संस्थाहरुमा सामुदायिक विकास कार्यक्रम, हिमालय समाज बिकास केन्द्र, हेल्भेटास स्वीस इन्टरकोअपरेशन, जिल्ला सहकारी संघ, विकासका लागि सहकार्य, पहाडी क्षेत्र विकास अभियान, ग्रामिण समाज नेपाल, डाँफे युवा क्लव, सहकर्मी समाज, युवा जागरण विकास केन्द्र नेपाल, कस्तुरी बहुउद्धेश्य सहकारी संस्था, किसान परियोजना, पाँचतारा युवा संरक्षक मञ्च, स्थानिय विकास कोष, गरिवी निकारण कार्यक्रम, ग्रामिण उत्थान समाज नेपाल र ग्रामिण एकीकृत विकास केन्द्रको लागि चालु र पुजीगत गरि २० करोड ५३ लाख ३७ हजार प्रस्थावित गरिएको छ ।











