प्रमुख तीनदलका शीर्ष नेता बालुवाटारमा, मध्यमार्गी बाटो खोज्दै

three-partyकाठमाडौं २८ मंसीर । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीनदल छलफलमा जुटेका छन् । सत्तामपक्षमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका शीर्ष नेताहरु एकै ठाउँमा बसेर मध्यमार्गी बाटो खोज्ने भएका छन् । संविधान संसोधन र स्थानिय निकायको चुनावका विषयमा छलफल गर्न प्रमुख दलहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संसोधन प्रस्ताव टुङ्गो लगाएर समाधानका लागी मध्यमार्गी बाटो खोज्ने विषयमा छलफल सुरु हुनेछ । प्रमुख प्रतिपक्ष दल एमालेले संसोधन प्रस्ताव स्थगन गरेर चुनावको मिति घोषणा गर्नुपर्ने माग गरेको छ ।

मधेसी मोर्चाले चाहेको संसोधन पुरा हुने र चुनावको वाताबरण पनि बन्ने गरि सहमतिको उपाय खोजीने नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान ९ बजे बोलाइएको छ ।





error: Content is protected !!