आजका पत्रपत्रिकाको फ्रन्टपेजः मन्त्रीहरुको सम्पत्तिदेखि स्थानीय चुनावसम्म

३० मंसिर, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले हिजो सार्वजनिक गरिएको प्रचण्ड सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै बैशाखको दोस्रो सातासम्ममा पुरानै संरचनामा स्थानीय निर्वाचन गर्न सकिनेमा सरकार निश्कर्षमा पुगेकोबारे पनि दैनिक पत्रिकाले समाचार प्रकाशन गरेका छन् ।

मन्त्रीहरुको सम्पत्ति विवरणका अलावा कान्तिपुर दैनिकले गोप्य रुपमा ३३४ पेट्रोल पम्पलाई अनुमति दिइएको समाचार प्रमुखताका साथ छापेको छ ।त्यस्तै नयाँ पत्रिका दैनिकले पुनर्निर्माण खर्च दुई प्रतिशत पनि नभएको समाचार प्रकाशन गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले भने संविधानबिदहरुलाई उदृत गर्दै पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नु सकारात्मक र बैध हुने समाचार प्रकाशन गरेको छ ।

नागरिक दैनिकले भने संविधान संशोधन बिधयेक थाती राखि निर्वाचनमा गए मुठभेडको स्थिति सृजना हुने मधेसी मोर्चाको चेतावनीलाई महत्व दिएको छ । उसले ठूलो हेडलाइनमा भने ‘सम्पत्ति विवरण पत्याइनसक्नु’ भनेर लेखेको छ ।

nagarikkantipurannapurna

nayapatrikagorakha-patrarajdhani





error: Content is protected !!