देशलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधा पुर्याउनेलाइ कारवाही गर्छौं : मन्त्री शर्मा

मोरङ्, २८ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले देशलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधा पु¥याउनेलाई कारवाही गरिने चेतावनी दिएका छन् ।
मंगलबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले देश लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार लागि परेकोले यसमा बाधा सिर्जना गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले अघि भने,‘अहिले केही व्यक्ति सक्रिय भएर लागेका छन्, हामी अहिले विद्युत चोरी नियन्त्रणमा पनि परेका छौं, विद्युत चोरी गर्ने जोकोही पनि कारवाहीमा पर्छन ।’
पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमन गर्न विराटनगर आईपुगेका मन्त्री शर्माले थप विद्युत उत्पादन गर्ने योजना अनुरुप सरकारले काम अगाडि बढाई रहेको स्पष्ट पारे । उनले नेपाललाई अझै थप १० हजार मेगावट विद्युत आवाश्यक रहेको बताए।



