गाउँ भरीका विरामी देखी जग्गा किन्ने सम्मा धामीको सरणमा

हेमन्त के सी
जाजरकोट (हल्चौर) ,मंसिर, २८ । यहाँका अधिकांश गाउँहरु रहेका देवीका मन्दिर,थानहरुमा मंगलवार विहानै देखी विरामीहरुको घुईचो लागको छ । देवी ,देवताका भाकल अनुसार वोकाहरु ल्याएर विहानै देखी वली दिने संस्कारका कारण स्थानीयहरुको निकै ठुलो भिड वढेको हो । टाढा ,टाढावाट देवताको धान,मन्दिमा विरामीहरु ल्याएर वोकाहरु काट्न सुरु गरिएको छ ।
जिल्लाका खगेनकोटको हल्चौर, तल्लु,दह,सक्ला,लहं ,डाडागाउँ लगाएतका ठाउँमा आज मंसिर पुर्णिमा दिन देवता मनाउँने भन्दै यस्तो गरिएको मष्टदेवताका धामी नारायण खत्रीले जानकारी दिनुभयो । विरामी हुँन साथ हस्पीटल भन्दा अगाडी धामीको सरणमा पर्ने यहाँका स्थानीयहरु आज यस हल्चौरको मष्ट,महाकाल को विशेष पुजाआजा साथ धामी नाँच प्रर्दशन गरेर मनाईरहेका छन् । सक्ला १ लैखमवाट धामीको वाँचा सहित छोराको लागी वोका ल्याएर आएकी आईती खत्री भन्नुहुन्छ “ दुई वर्ष अघि महामाल लागेको रहेछ धामी हेराउदा थाह भयो त्यसैको आज वोका काट्न आएकी हु” । उहाँ जस्तै रग्दावाट विरामी छोरी लिएर धामीको सरणमा आएकी कमला सिंह भन्नुहुन्छ “ अस्पताल लिएर के गर्नु देउता वाजेले लगाएका छन् पाठो नकाटी हुँदैन त्यसैले आज धामी संग सोध्नुर्ला के गरे राम्रो हुन्छ त्यसै गर्नुपर्ला ” ।
अनौठो कुरा त के छ भने विरामीहरु संगै कुन दिन भैसी किन्ने , विक्री गर्ने , घर जग्गा खरिद तथा विक्री, विवाह गर्ने दिन, गाउँमा रोग कसैलाई नलागोस , पानी समय अनुसार परोस, जमिनमा लगाएको वाली राम्रो होस भन्ने लगाएतका कुरा समेत धामीलाई देवता चढेपछि मात्र निर्णय हुँने गर्दछ । गाउँमा कुनै पात्रो अनुसार काम गर्नु भन्दा पनि धामीलाई देवता चढेपछि सोधेर धामीले दिएको जवाफ अनुसार काम हुँदै आएको स्थानीय हरीवहादुर खत्रीले वताउनुभयो । यो देवता मनाउँने ठाउँमा दलित जातीलाई मन्दिर अर्थात थान भित्र प्रवेश गर्न दिईदैन । दलित धामीहरु समेत वाहिर प्रागंनमा देवता काडेपछि नाँचेर कथित माथेल्लो जातको धामीले अलग्गै चामल अर्थात अछिता दिएर पठाउँने गर्दछन् । स्वास्थ्य संस्था भन्दा पनि धामीको सरणले गर्दा कयौको ज्यान समेत गएका यस क्षेत्र शिक्षक जानकारीहरु वताउँछन् ।
भदौ पुर्णिमा,मंसिर पुर्णिमा , को दिन यस क्षेत्रमा यस्ता कयौ क्रियाकलाप देख्न पाईने स्थानीय नवेन्द्र नेपालीले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले धामीहरुलाई दिने भनिएको तालिम यस क्षेत्रमा धामीलाई कहिले पनि नदिएको पाईएको छ । भर्खर रोगको संक्रमण हुँन साथ धामीको सरणमा जाँने र अन्तिम अवस्थामा स्वास्थ्य संस्था लिदा विरामीहरुाई वचाउन मुस्लिक हुँने गरेको छ ।



