बस्नेतले सोध ओलीलाई यस्तो प्रश्न, अब के जवाफ देलान् उनले ?

काठमाण्डौ मंसिर २७ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको टिप्पणी गरेका छन् ।
रिपोर्टस् क्लबको साक्षात्कारमा उनले भने, ‘हिजो एमालेका अध्यक्षले नै संसद अवरुद्ध गर्न जरुरी छैन भन्नुभएको थियो, आज उहाँहरुले किन गर्नुभैरहेको छ म सोध्न चाहन्छु ।’ उनले संसद र सडक अवरुद्ध गर्न अहिले जरुरी नभएको बताएका छन् ।
उनले संविधान संशोधनबारे सरकारले पनि केही पूर्नविचार गर्नुपर्ने र मधेशी मोर्चाले पनि मेरो गोरुको बाह«ै टक्का गर्न नहुने जिकिर गरे । अब उनले निर्वाचन गराउनेतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए । बस्नेतले भने,‘कसैले कसैलाई निषेध गर्नुहुँदैन, व्यापक छलफल तथा परामर्श गर्न आवश्यक छ ।’ उनले सरकार संविधान संशोधन प्रस्ताव आवश्यक परिमार्जन गर्न तयार हुनुपर्ने जिकिर गरे ।
संविधानलाई सर्वस्विकार्यताको लागि आएको संशोधन प्रस्तावमा छलफल हुनुपर्ने उनको भनाई थियो ।
उनले अहिलेको संशोधन प्रस्ताव तत्कालिन काँग्रेस सभापति शुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको प्रस्ताव नै नभएको उल्लेख गर्दै भने, ‘त्यतिवेलाको प्रस्तावको मूल प्रस्तोता नै केपी ओली हो जस्तो लाग्थ्यो, र त प्रस्तावमा उहाँको हस्ताक्षर बढि थियो ।’ उनले अघि थपे, ‘आज केपी ओलीले भन्नुपर्छ, त्यतिवेला मैले बुझेको थिईन, राष्ट्रघाती प्रस्ताव थियो भनेर भन्नुपर्छ ।’



