जाजरकोटले पाँच महिनापछि पायो प्रहरी प्रमुख

dsp-rimal

विमला शर्मा, जाजरकोट २६ मसिंर । विगत पाँच महिनादेखि प्रमुख विहिन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले नया प्रहरी प्रमुख पाएको छ । प्रधान कार्यालयबाट डिएसपी भावेश रिमाल जिल्लामा आए पछि जाजरकोटले प्रहरी प्रमुख पाएको हो । 

जाजरकोटका तत्कालीन प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ल प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि गत साउन २२ गते देखि जाजरकोट प्रहरी प्रमुख विहिन भएको थियो । साउन २२ गते देखि रिक्त भएको उक्त पद अहिलेसम्म पनि पूर्ति हुन सकेको थिएन । प्रहरी प्रधान कार्यालयले असोज १९ गते डिएसपी भावेस रिमाल लाई जाजरकोटको प्रहरी प्रमुखका रुपमा सरुवा गरेर पठाए पनि उनि जाजरकोटको पुगेका थिएनन् ।
गत साउन २२ गते जिल्लाबाट विदाइ भएर डिएसपी मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा ५ महिना देखि प्रहरी निरीक्षक हिकमत वोहराले निमित्त भएर काम गरिरहेका थिए
जिल्लामा लामो समय पछि प्रहरी प्रमुख आउदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहिमा समस्या नहुने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । कार्यालयको कार्यसम्पादन देखि समग्र विषयमा प्रभावकारी समन्वयमा सहज हुने शाहले वताए ।

प्रहरीले अपराध नियन्त्ररणको लागी विशेष अभियान संचालन गरेर धेरै अवैध लागु औषध चरेश र अत्याधुनिक हात हतियारका गोलीहरु ओसार पसार गर्ने लाई पक्राउमा सक्रियता वढाएको वेला जिल्लामा प्रहरी प्रमुख आउनुले जिल्लाको शान्ती सुरक्षा लगाएत अपराध नियन्त्ररण कार्यमा जाजरकोट प्रहरी सफल हुने स्थानीय वताउछन । जाजरकोटको प्रमुखको रुपमा डिएसपी रिमाल जिल्लामा आए पछि जिल्लाका संचारकर्मीहरु संग आइतवार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा अन्तरक्रिया समेत गरेका छन ।





error: Content is protected !!