गाउँमा मलामी नै पाउँन छाडे

मंसिर, २७ (रग्दा) जाजरकोट । वैदेशिक रोजगारी र भारतमा कमाईका लागी यहाँका महिला तथा पुरुषहरु गएपछि गाउँ नै खाली भएका छन् ।
यूवा तथा यूवती अनि पुरुषहरु गाउँ नै खाली वनाएर भारत,वैदेशिक रोजगारीका लागी अन्य मुलुक गएपछि जाजरकोटका दुरदराज गाउँहरु पुरुष विहिन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, विरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुषहरु नहुँदा निकै समस्य हुँने गरेको पंञ्च भयार माविका शिक्षक वीरवहादुर खत्रीले वताउनुभयो । गाउँमा विद्यालय उमेरका वालवालिका र वृद्धहरु मात्र भेटिने गरेको उहाँको भनाई छ । विकास निर्माणका काममा समेत यूवा तथा पुरुषहरु नहुँदा महिला तथा विद्यालय उमेरमा वालवालिकाहरु जुट्नु पर्ने वाध्यता रहेको खत्रीको भनाई छ ।
गाउँमा भएका कृेही मानिसहरु रहर ,वजार अनि सडकको नजिक सरी सकेका छन् । अहिले गाउँ मान्छे विहिन वन्दै जाँने खतरा वढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले वताउनुभयो । विवाह गर्दा समेत जन्ती जाँने मानिस नहुँदा ,मानिस मर्दा मलामी जाँने पुरुष नहुँदा अहिले सवै काम महिलाहरुले गदै आएको खत्रीको भनाई छ । हाम्रो गाउँमा जन्ती ,मलामी महिलाहरुलाई नपठाउँने चलन थियो , अहिले पुरुषहरु नै नभएपछि महिलाहरु भकाभक त्यस्ता कार्यमा सक्रिय सहभागीता जनाईरहेका छन् खत्रीले भन्नुभयो । घरका ठुला मान्छेले घर छोड्ने विद्यार्थीहरुको पढाई समेत विग्रीने खतरा वढेको शिक्षकहरुले वताएका छन् । घरको काम वालवालिका र वृद्धहरुले गर्दा विद्यालयमा नियमित उपस्थित हुँन नसक्ने विद्यार्थीहरुको संख्य पनि ठुलो भएको रग्दाका कमल ध्यारले वताउनुभयो । स्थानीय सवै कार्यमा वालवालिका नै सहभागीता जनाउँछन् अनि यसले गर्दा पढाईमा समस्य आउँने गरेको ध्यारको भनाई छ । घर व्यवहार देखी गाउँमा पर्ने सवै काम विद्यालय उमेरमा वालवालिका र वृद्धको जिम्मामा रहेको पाईएको छ । अहिले जिल्ला प्रशाषण र गाविसमा वैदेशिक रोजगारीका लागी राहदानी वनाउँनेको संख्य ठुलो रहेको र दक्ष अनि उर्जा सिला जनसंख्यभरी गाउँ छाडदा अव कस्तोे होला हाम्रा वस्तीहरु सहायक प्रमूख जिल्ला अधिकारी जनकराज शर्माले वताउनुभयो । दैनिक यूवाहरु विदेशिदा हाम्रा गाउँहरु खाली हुँदा हाम्रो विकास कस्ले गर्छ आफु निकै चिन्तित भएको उहाँको भनाई छ ।





error: Content is protected !!