पुष्पाले जितिन् ‘सिएनएन सुपरहिरो’को अवार्ड(भिडियो सहित)

२७ मंसिर, काठमाडौं । समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपरहिरोको अवार्ड जितेकी छिन् ।

puspa-basnet-cnn

कारागारमा रहेका बालबालिकालाई संरक्षण दिदैं आएकी बस्नेतले मनोनयनमा परेका अन्य चार प्रतिष्पर्धिलाई उछिन्दै अवार्ड जितेकी हुन् । अमेरिकी टेलिभिजन च्यानल सिएनएनले आज बिहान एक विशेष कार्यक्रमकाबिच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । बस्नेतले ५० हजार अमेरिकी डलर पुरस्कार हात पारिन् ।

cnn-super-hiro-pushpa-basnet

सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न थालेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो । सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए । बस्नेतले सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड जितेकी थिइन् । (हेर्नुस् भिडियाे)

https://youtu.be/1FGrTSm7lTc





error: Content is protected !!