प्रियंकाको यस्तो छ ‘सेक्सी’ को परिभाषा

काठमाडौं । ‘सेक्सी’ शब्दको बुझाईमा हाम्रो समाज विभाजित छ । केहीलाई लाग्छ यो अश्लिल शब्द हो, अर्कोथरीको बुझाईमा राम्रो हो ।
विशेष गरि मोडल तथा नायिकाहरुको व्यक्तित्वलाई हेरेर यो शब्द प्रयोग गर्ने गरिन्छ । कुनै नायिका वा मोडल आर्कषक पहिरनमा छिन् वा उनको कुनै अंग आर्कषक छ भने सबैको मुखबाट एउटै शब्द निस्कन्छ ‘वाह क्या सेक्सी’ । आर्कषक फिगर, पहिरन र अंगले नै एक नायिका वा मोडलको अन्दाजलाई परिभाषित गर्छ ।
नेपालमा पनि केही गायिका नायिकालाई ‘सेक्सी’ को रुपमा लिने गरिएको छ । यसमा प्रियंका पनि पर्दछिन् । तर, स्वयं प्रियंका भने फरक अर्थमा लिन्छिन् । उनले आफ्नो आधिकारिक फेसबुक स्टाटसमा यस वारे परिभाषित गरेकी छन् । उनले लेखेकी छिन्, ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल ९मन० हो ।’ यो स्टाटससँगै उनले ब्ल्याक कलरको ड्रेस लगाएको एउटा सेक्सी तस्बिर पनि पोष्ट गरेकी छिन् ।



