उदयपुरमा बस दुर्घटना, कम्तिामा ५ जनाको मृत्यु

उदयपुर, मंसिर २४ : सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्ड उदयपुरको लेखानी ५ भदौरेमा आज बिहान बस दुर्घटना हुँदा ५ जनाभन्दा बढीको मृत्यु भएको छ ।
खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना हुँदा ५ जान भन्दा बढि दर्शनार्थीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी कोइरालाले बताए ।
सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक कोइरालाले बताए । बसमा ४१ भन्दा बढी दर्शनार्थीसहित चालकहरु रहेको बताइएको छ ।
घटनाको जानकारी पाउन साथ प्रहरी नायव उपरीक्षक कोइरालाको प्रहरी टोली त्यसतर्फ परिचालन भएको छ । टोली पुगेपछिमात्रै पूर्ण विवरण आउने प्रहरीले जनाएको छ ।
सप्तरीबाट प्राप्त जानकारीअनुसार बस जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले आफना सेवाग्राहीलाई हलेसी दर्शन गराउन लगेको थियो । Nyapage .com










