नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

२४ मंसिर, काठमाडौं । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन ।
मन्त्री डा महतले आज इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा महतले फोरममार्फत विश्वका कैयौँ देशलाई आमन्त्रण गरी प्रजातन्त्रका बारेमा छलफल र आफ्ना अनुभवको आदानप्रदान गर्ने अवसर प्रदान गर्नुभएकामा धन्यवाद ज्ञापन गरे । इन्डोनेसियाली विदेशमन्त्री मर्सुदीले दुवै देश संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा कार्यरत रहेको स्मरण गर्दै राष्ट्र सङ्घमा दुवै देशको योगदानको चर्चा गरे ।
त्यसैगरी आजै मन्त्री डा महतसँग मालदिभ्सका विदेशमन्त्री डा मोहम्मद असिमले पनि शिष्टाचार भेट गरे । भेटका क्रममा उनीहरुबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अवरुद्ध प्रक्रियालाई अघि बढाउने विषयका साथै द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।










