‘बन्द सधैँका लागि बन्द गरौँ’

pokhara-banda-birid-2काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा पोखरामा प्रदर्शन भएको छ ।
सामाजिक सञ्जालमा आवद्ध ‘परिवर्तनका लागि युवा समूह’ले ‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने व्यानर सहित बन्दको विरुद्धमा प्रर्दशन गरेका हुन् । युवाहरुले बन्दको विरोधमा सवारी साधनसहिते चिप्लेढुङ्गाबाट निकालेको र्या्लीले पोखराका विभिन्न बजार परिक्रमा गरेको छ ।
उनीहरुले प्रर्दशनमा ‘बन्दकर्ता होसियार’, ‘बन्द गर्न पाइदैन’, ‘नेपाल सधैँ खुल्ला छ’ लगायतका नारा लगाएका थिए ।

माओवादी कार्यकर्ता र युवा समुहबीच नयाँबजारमा विवाद
मेन्स रिलोडेड (एमआरआर), परिवर्तनको लागि युवा सञ्जाल९युथ फर जेन्ज० र एल जी एशोसियशनले निकालेको ¥र्याली र माआवादी कार्यकर्ताबीच पोखराको नयाँबजार भएको जम्काभेटमा केहीबेर विवाद भएको छ ।

biplab

जम्काभेट लगत्तै भेट भएको अप्रिय घटना हुन नपाएको स्थानिय पत्रकार कविता घर्ती मगरले जानकारी दिएकी छिन् । यसैबीच, बन्द गराउँदै हिँडेका १२ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।बिहान सृजनाचोकबाट ४ जना र नयाँ बजारबाट ८ जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बन्दका कारण सर्वसाधारणलार्इ सास्ती

नेपाल बन्दका कारण राजधानी लगायत देशभरीको  जनजीवन प्रभावित भएको छ ।बन्दका कारण सर्वसाधारण सास्ती पाएका छन् ।
लामो दुरीका सवारीबाट बिहान काठमाडौं उत्रिएका सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । घरबाट आउँदा विभिन्न सामान लिएर आएका यात्रुहरु बाटो नजिकै गाडी आउने प्रतिक्षामा बसेका छन् ।
राजधानीमा ब  ७६ जना बन्दकर्ता पक्राउ परेको छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी गराएका छन्  । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उनले बताए ।

– See more at: www.nayapage.com





error: Content is protected !!